बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माबि

राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माबि

  • सोमवार, जेष्ठ १३, २०७६
राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माबि

बडीमालिका खवर
बाजुरा १३ जेठ
बडीमालिका नगरपालिकामा नगर स्तरिय प्रथम राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माद्यामीक बिद्यालय बनेको छ । १३ स्वर्ण, ८ रजत, १ कास्य छात्रा र १५ स्वर्ण ११ रजत, १ कास्य , २७ छात्र गरि ४९ मेडल सहित प्रथम स्थान हाँसील गरेको छ । १० गते देखी संचालन भएको खेलकुद प्रतियोगिता मा बडीमालिका नगरपालिकाका १० ओटा बिद्यालयको सहभागीता रहेको बडीमालिका नगरपालिकाले बताएको छ । सदरमुकाम मार्तडी स्थित मालिका माद्यामिक बिद्यालयको प्रङ्गणमा संचालन गरिएको प्रथम नगर स्थरिय राष्ट्रपती रनिङ सिल्डको दोस्रो स्थानमा छात्रा तर्फ ज्ञानोदय माबिर छात्रतर्फ क्रेटर जोन एकेडेमीले हात पारेका छन् । त्यस्तै तेस्रो स्थानमा छात्रा चोयाकोट माबी र छात्रतर्फ कन्भर्स एकेडेमीले हात पारेको छ । पहिले जिल्लाका नौ वटै स्थानिय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता संचालन गरेर मात्रै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा सहभागी हुने भएकोले रनिङ सिल्ड प्रतियोगीता सचालन गरिएको आयोजकले बताएको छ । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा छनौट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा सहभागी गराइने भएकोले सो प्रक्रिया रहेको जिल्ला खेलकुद बिकास समितिले बताएको छ । बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । बडीमालिका नगरपालिका १० ओटा माद्यामिक बिद्यालयको सहभागीता रहेको आयोजकले बताएको छ ।


राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद, सबैका लागी खेलकुद भन्ने नाराका साथ संचालन भएको कार्यत्रक्रमको उद्धघान प्रमुख अतिथि जिल्ला समन्य समिति बाजुराका प्रमुख नरेन्द्र रोकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार