काठमाडाैँ । बलिउड नायिका तथा विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन ४२ वर्ष नाघिसक्दा पनि अझै कामुक देखिन्छिन् । एक छोरीकी आमा समेत रहेकी ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।