• होमपेज
  • समाचार
  • प्रेश यूनियनको स्थपना दिवसमा मिडिया काउन्सिल विधेयकै चर्चा

प्रेश यूनियनको स्थपना दिवसमा मिडिया काउन्सिल विधेयकै चर्चा

  • सोमवार, जेष्ठ १३, २०७६
प्रेश यूनियनको स्थपना दिवसमा मिडिया काउन्सिल विधेयकै चर्चा

बडीमालिका खवर
बाजुरा १३ जेठ
नेपाल प्रेश यूनियन बाजुरा शाखाले आफ्नो २८ औँ स्थपना दिवसको अबसरमा आयोजित कार्यक्रममा मिडिया काउन्सिल विधेयकको चर्चा परिचर्चा मात्रै भएको थियाे । प्रेश यूनियन जिल्ला शाखाको स्थपना दिवसको अवसरमा बोल्ने अधिकासं बक्ताले मिडिया काउन्सिल विधेयकका बारेमा चर्चा परिचर्चा गरेका थिए ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको बारेमा भिभिन्न टिका टिप्णी आएकाले विधेयक परिर्वतन गर्न माग समेत गरेको प्रेश यूनियन बाजुराले बताएको छ । कतिपय पत्रकारले मिडीया काउन्सिल विधेयक ठिक भनेका छन् भने कतिपय पत्रकारले मिडिया काउन्सील विधेयक पत्रकारको बिरुद्धमा भएको मन्तब्यको क्रममा आफ्नो बिचार प्रस्तुत समेत गरेका थिए ।
प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिरहेका बेला प्रेश यूनियन जिल्ला शाखाको स्थपना दिवस पनी विधेयक केन्द्रीत बनेको थियो ।
नेपाल प्रेश यूनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापती कबीराज पण्डित रहेका थिए । स्थापना दिवस कार्यक्रमको संचालन सहसचिव मानबहादुर ऐडीले संचालन गरेको कार्यक्रममा प्रेश यूनियन जिल्ला शाखाकी उपाअध्यक्ष सगिंता तिमिल्सीनाले स्वागत मन्तब्यमार्फत स्वागत गरेको प्रेस यूनियन जिल्ला शाखा बाजुराले बताएको छ । कार्यक्रममा नेपाली काँग्रेस बाजुराका नेता, जिल्ला समन्वय समित प्रमुख नरेन्द्र कुमार रोकाया बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, नेपाल पत्रकार महासघं बाजुरा शाखाका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायत बिभिन्न संचार माध्यायममा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार