• होमपेज
  • अर्थ/वाणिज्य
  • सहकारीमा करोडौं ठगेर कर्मचारी गायब

सहकारीमा करोडौं ठगेर कर्मचारी गायब

  • सोमवार, जेष्ठ १३, २०७६
सहकारीमा करोडौं ठगेर कर्मचारी गायब

नेपालगन्जको एउटा सहकारीका कर्मचारीले करोडौं रुपैया ठगी गरेर फरार भएको तथ्य सार्वजनिक भएको छ । स्रोतका अनुसार, सहकारीमा कार्यरत केही कर्मचारीहरुले करोडौं रुपैयाँ ठगी गरी भागेको बताइएको छ । २५ करोड भन्दा बढी ठगीको अनुमान गरिएपनि त्यसको आधिकारिक पुष्टि चाही भएको छैन ।

हकारी वित्तीय संस्था लिमिटेडमा ठगी भएको पुष्टि चाही सहकारीले नै गरेको छ । संस्थाको सञ्चालक समितिले नै बचत अपचलन भएको निष्कर्ष निकाल्दै केही दिनका लागि सहकारीको कारोबार नै ठप्प गरिएको सूचना प्रकाशन गरेको छ ।बचत रकम अपचलन हुँदा बचतकर्ताले रकम निकाल्न पाएका छैनन् । बचतकर्ताहरुलाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ ।
बचतकर्ताहरुले यसबारे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी समेत दिएका छन् । बचतकर्ताको उजुरी पछि बाँके प्रहरीले सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीलाई नियन्त्रणमा लिएको छ ।

यस्तो छ, सञ्चालक समितिको सूचना

चर्चामा

सम्बन्धित समाचार