• होमपेज
  • सुचना प्रबिधी
  • कोल्टि क्षेत्र एक साता देखी संचार बिहीन

कोल्टि क्षेत्र एक साता देखी संचार बिहीन

  • आइतवार, जेष्ठ १२, २०७६
कोल्टि क्षेत्र एक साता देखी संचार बिहीन

बडिमालिका खबर
बाजुरा १२ जेठ
बाजुरा जिल्लाको उत्तरी क्षेत्र एक साता देखी संचार बिहीन बनेको छ । संचार सेवा बन्द हुँदा त्यस क्षेत्रका चार स्थानीय तह र कणाली प्रदेशका मुगु,कालिकोट र हुम्ला जिल्लाका केही स्थानीय तहहरु एक साता देखी संचारबाट बिच्छेद भएका छन् ।
बडीमालिका नगरपालिका ७ कालाजग्राको रहेको नेपाल टेलिकमको रिपिट टावरमा आएको खराबीका कारण कोल्टि क्षेत्र संचार बिहिन बनेको नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख माधब जोशीले बताएको छ । संचार नहुदा कोल्टी क्षेत्रमा समस्या भएको स्थानिय सर्पलाल गिरीले बताएका छन् । एक हप्ता सम्म टेलीकमको टावर नहुदा त्यस क्षेत्रका स्थानिय तहका काममा समेत प्रभाबित हुनुका साथै सरकारी कामकाज रेडीयो संचालन गैरसरकारी संस्थाका कामकाजमा समेत समस्या भएको रेडीयो बुढीनन्दाका कर्मचारी महेश कार्कीले बताएका छन् ।
यता नेपाल टेलीकमको मर्मत टोली बाजुरा पुगिसकेको छ आजै कालाजग्रा पुगेर टावर मर्मत हुने र सेवा संचालन हुने जोशीले जानकारी दिएका छन् ।
कोल्टी क्षेत्रको टावरमा हरेक महिना आउने समस्याले त्यस क्षेत्रका स्थानीय आजित्त भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार