• होमपेज
  • बाजुरा बिशेष
  • अखिल नेपाल सरकारी करार ज्यालादारी तथा अस्थायी श्रमीक समिति गठन

अखिल नेपाल सरकारी करार ज्यालादारी तथा अस्थायी श्रमीक समिति गठन

  • आइतवार, जेष्ठ १२, २०७६
अखिल नेपाल सरकारी करार ज्यालादारी तथा अस्थायी श्रमीक समिति गठन

बडिमालिका खबर
बाजुरा १२ जेठ : बाजुरा जिल्लामा रहेको अखिल नेपाल सरकारी करार ज्यालादारी तथा अस्थायी श्रमीकको जिल्ला अध्यक्षमा हरीशंकर जोशी निर्बिरोध निर्बाचित भएका छन् । शनीबार मार्तडीमा सम्पन्न पहिलो अधिबेसनबाट जोशीलाई चयन भएको हुन् । समितिको उपाध्यक्ष राजेन्द्रबहादुर थापा महिला उपाध्यक्ष मनु रोकाया सचिव सन्देश शाही सहसचिव अनिता रावल कोषध्यक्ष सेतु देबी रावल सदस्यहरुमा भीमबहादुर रोकाया प्रेमबहादुर थापा लेखनाथ जोशी गोपाल विक र पश्चिमा रावल निर्बिरोध चयान गरिएको सघका उपाध्यक्ष राजेन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।
भेलाले काशी रावललाई बाजुरा जिल्ला ईन्चार्ज समेत चयन गरेको छ । काशी रावलको अध्यक्षतामा भएको कार्यक्रको प्रमुख अतिथि अखिल नेपाल करार ज्यालादारी तथा अस्थायी श्रमीक केन्द्रिय उपाध्यक्ष इन्द्र कठाएत रहेका थिए ।
नेपाल सरकारले अस्थायी करार तथा ज्यालादारीमा १५ देखी २० वर्षसम्म श्रमीकै रुपमा काम गर्दै आएकोले यती लामो समयसम्मा ज्यालादारीमा सेवा दिदे आएकोलाई स्थायी गर्नु पर्ने र स्थायी गराउन दवाव स्वरुपम समिति गठन गरेको अध्यक्ष हरीशंकर जोशीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार