• होमपेज
  • देश/प्रदेश
  • चट्याङ लागेर ६ जना घाइते

चट्याङ लागेर ६ जना घाइते

  • आइतवार, जेष्ठ १२, २०७६
चट्याङ लागेर ६ जना घाइते

अछाममा चट्याङ लागेर ६ जना घाइते भएका छन्। शुक्रबार बेलुका चट्याङ पर्दा जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा २ जना  र रामारोशन गाउँपालिकामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ रातोमाटेका ३२ वर्षीया किरीथु दमाई, ५ वर्षीय धिरेन्दै दमाई रहेका छन। यस्तै  रामारोशन गाउँपालिका– ४ हुडितोलाका ४० वर्षीया मन्सरा विक, वडा नम्बर ८ का टेकबहादुर विक, वडा नम्बर ९ की शारदा विक, वडा नम्बर ६ का अर्जुन विक रहेको इलाका प्रहरी कार्यालय कालेकाँडाका प्रहरी हवल्दार मदनबहादुर विष्टले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार