• होमपेज
  • खेलकुद
  • प्रहरी स्कुल क्वार्टरफाइनलमा

प्रहरी स्कुल क्वार्टरफाइनलमा

  • शनिबार, जेष्ठ ११, २०७६
प्रहरी स्कुल क्वार्टरफाइनलमा

भक्तपुर : नेपाल प्रहरी स्कुल भक्तपुरमा जारी १८औं सैनिक कप अन्तरविद्यालय रनिङ सिल्ड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। सैनिक आवासीय महाविद्यालयको आयोजनामा भएको प्रतियोगितामा जेम्स स्कुललाई १–० गोलले हराउँदै प्रहरी स्कुलले क्वार्टरफाइनल यात्रा तय गरेको हो। प्रहरीका नरेन्द्र परियारले निर्णायक गोल गरेका थिए।

शुक्रबार नै भएको अर्को खेलमा रिपुमर्दिनी स्कुलले राजन मेमोरियल स्कुललाई ३–० गोलले पराजित गर्‍यो। रिपुमर्दिनीका अनिष नेपालीले दुई र सुविन थापाले एक गोल गरे। राजन मेमोरियल लगातार दुई खेलमा हार बेहोर्दै लिग चरणबाटै बाहिरिएको छ।

यसैगरी समूह डीको खेलमा भ्याली पब्लिकले अरुनिमा स्कुललाई १–० गोलले हरायो। भ्याली पब्लिकको जितमा दीपक राईले गोल गरेका थिए। अरुनिमा स्कुल पनि लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ।

प्रतियोगितामा काभ्रेसहित काठमाडौं उपत्यका १४ स्कुलका १५ टोलीको सहभागिता रहेको छ।

चर्चामा

सम्बन्धित समाचार