• होमपेज
  • समाचार
  • सगरमाथा आरोहण गर्नेक्रममा थप ३ जनाकाे मृत्यु

सगरमाथा आरोहण गर्नेक्रममा थप ३ जनाकाे मृत्यु

  • शुक्रबार, जेष्ठ १०, २०७६
सगरमाथा आरोहण गर्नेक्रममा थप ३ जनाकाे मृत्यु

काठमाडौँ  १० जेठ,  सगरमाथामा थप तीन पर्वतारोहीको मृत्यु भएको आरोहण संस्था र अधिकारीहरूले शुक्रवार जनाएका छन् । यो समेत गरी यही हप्ता मात्र सगरमाथामा सातजनाको मृत्यु भइसकेको छ । ‘हिजो थप दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ,’ पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले बताइन् । आरोहण संस्थाहरूले तेस्रो मृत्युको पुष्टि गरेका छन् । मारिने भारतीय आरोहीमा कल्पना दास र निहाल बागवान रहेका छन् । एक अस्ट्रियन पर्वतारो ही चाहिँ तिब्बततर्फबाट सगरमाथा चढेर झर्ने क्रममा बितेका छन् ।

बुधवार एक भारतीय र एक अमेरिकीले सगरमाथामा मृत्युवरण गरेका थिए । गत साता एक भारतीय पर्वतारोहीको मृत्यु भएको थियो भने एक आइरिश पर्वतारोही चुचुरोनजिक चिप्लेर मरेका थिए ।

यस वर्ष सगरमाथामा निकै भीड छ । चुचुरोमा पुग्नका लागि पर्वतारोहीहरू पंक्तिबद्ध भएर उभिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार