मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जिन्दगीमा संघर्ष कसरी गर्नेः-उमेश अवस्थी (आदर्श) को प्रस्तुती-भाग ४

जिन्दगीमा संघर्ष कसरी गर्नेः-उमेश अवस्थी (आदर्श) को प्रस्तुती-भाग ४

  • शुक्रबार, जेष्ठ १०, २०७६
जिन्दगीमा संघर्ष कसरी गर्नेः-उमेश अवस्थी (आदर्श) को प्रस्तुती-भाग ४

 तपाईलाई चट्टान किन कडा लाग्छ किनकि तपाइको हात चट्टान भन्दा नरम छ । तपाईलाई फलाम किन बलियो लाग्छ किनकि तपाईको हात फलाम भन्दा निर्बलियो छ । तपाईलाई आगोले किन पोल्छ किनकि तपाईको हात आगो भन्दा कम तातो छ । जब तपाई सानो हुनुहुन्छ कमजोर हुनुहुन्छ हर चिजले तपाईललाई सताउँछ । हर परिस्थितिले तपाइसंग घात गर्छ । त्येसैले महंगी बढ्यो भन्दैमा चिन्ता नमान । महंगी त बढ्ने नै हो तपाइले यसलाई रोक्न सक्तैनौ । बदलामा तपाई आफ्नो आम्दानी बढाउ । परिक्षा गाह्रो छ भनेर चिन्ता नमान बदलामा आफुले गतिलो तयारी गर् ।आवसर हरु कम भए भनेर दुःखी नबन बदलामा आफुलाई बलियो प्रतिस्पर्धी बनाउ । एउटा भनाई छ गहिराईले फरक पार्छ जसलाई पौडी खेल्न आउछ । उचाईले के फरक पार्छ जसलाई पखेटा चलाउन सक्छ । दुरीले के फरक पार्छ जसलाई पाईला सार्न आउछ । क्षमता र प्रयासका अगाडी चुनौतीले घुडा टेक्नै पर्छ । एक पटक बुद्धका छेउमा आएर एक जना भन्छन कि भगवान मलाइ सानो सानो समस्याले पनी साह्रै दुःख दिन्छ मैले के गर्ने । बुद्धले उनलाई एक कटौरामा भरी पानी ल्याएर त्यसमा चार चम्चा नुन हाल्न भने र चलाउन लगाए यसरी कटौराको पानीमा सम्पुर्ण नुन घुलिसकेपछी बुद्धले ति व्यक्तिलाई कटौराको पानी पिउन लगाउछन ।जब कटौराको पानी ति व्यक्तिले पिए । तब बुद्धले सोध्छन पानी कस्तो छ ति व्यक्तिले मुख बिगार्दै र झर्कदै भने साह्रै नमिठो साह्रै चर्को नुनिलो यस्तो पानी किन पिउन लगाएको । बुद्धले केही जवाफ दिदैनन रति व्यक्तिलाई नजिकैको पोखरी तर्फ लैजान्छन पोखरीमा पनी बुद्धले त्यसैगरी चार चम्चा ति व्यक्तिलाई घोल्न लगाउछन । नुन घुलिसकेपछी फेरी बुद्धले पोखरीबाट एक कटौरा पानी निकाल्न र पिउन भन्छन । र सोध्नु भयो अहिले पानी कस्तो छ ति व्यक्तिले भन्नु भयो अहिले पानि मोठो छ । पटक्कै चर्को छैन यो कुरा सुनिसकेपछी बुद्धले मुस्कराउदै भन्छन तिम्रो जिन्दगीका समस्याहरु भनेका पनी यही चम्चाका नुन जस्तै हुन । तिमीले त्यसलाई कटौरामा घोल्छौ भने त्यसले तिमिलाई सताउछ । यदी बिशाल पोखरिमा घोल्छौ भने त्यसको प्रभाव नगण्य मात्रामा पर्छ यदी तिम्रो जिवन समस्या आयो भने आफुलाई बढाउ समस्या आफ से आफ सानो भएर जान्छ ।यदी आफुलाई सानो र कमजोर सोच्दछौ भने समस्याले तिमी लाई साह्रै नराम्रो तरिकाले सताउछ दुःख दिन्छ । बुद्धको कुरा सुनेर ति व्यक्ति प्रसन्न हुन्छन । जब आकाश बाट बादल बर्षिन थाल्छ तब सबै चरा चुरुङ्गी हरु बर्षा बाट आफ्नो टाउको लुकाउन आफ्नो गुड तिर लाग्छन ओत लाग्न थाल्छन । तर चिल भने एउटा यस्तो पंक्षि हो जुन बर्षिरहेको बादल भन्दा माथि जान्छ । ताकी उसलाई पानीले एक बुद पनी भिजाउन सक्तैन ।

     जबकी बादल माथी जान नसक्ने अरु प्राणी यात पानीमा लुथ्रुक्क भिज्न बाध्य हुन्छन यात साहरा को लागी गुडमा ओत लाग्न बाध्य हुन्छन । तर बादल भन्दा पनी माथिको उचाईमा उड्न साहस गर्ने चिल भने तल धर्तिमा पानि परिरहेकाबेला पनी मज्जा सित चारैतिर उडान भरिरहेको हुन्छ । यसर्थ समस्या संग भागेर होईन समस्या भन्दा माथी उठेर नै हामीले जिवनमा प्रगती गर्न सक्छौ । आउनुहोस म तपाई लाइ हिरा र कोईलाको कहानी भन्छु । हामीलाई थाहा छ कोईला कालो हुन्छ कालो कोईलालाई कसैले पनी हातमा लिन चाहदैनन । कोईलालाई एक पटक मात्र हातमा लियो भने त्यसले पुरैहातमा कालो र नराम्रो बनाई दिन्छ । तर हिरा , हिरालाई सबैले मन पराउछन । हिरा कोईला जस्तो कालो पनी हुदैन चम्किलो र उज्यालो हुन्छ । चम्कोलो हिरालाई भने मान्छेले हातमा लिने मात्र हैन गालामा लगाउने पनी गर्छन । र आफुलाई त्यो लगाएको मा भाग्यमानी ठान्छन । सायद तपाईलाई थाहा होला नहोला सबैले मन पराउने बहुमुल्य पथ्थर हुने हिरा त्यही कालो र सबैले छि छि र थुर थुर गर्ने कोईला बाट बनेको हुन्छ कोइला बाट हिरा कसरी बन्छ । कोईला बाट हिरा भने त्यत्तिकै बन्दैन । यत्तिकै हिरा बन्दैन जब कोईलाले जमिन भित्र ताप,चाप सहन्छ तब उ भित्र एउटा छुट्टै खालको ट्रान्सफरमेन्श आउछ फलस्वरुप उ एउटा सामान्य निम्न मुल्यको कालो कोईला बाट असमान्य मुल्यको चम्किलो हिरा बन्न पुग्छ । हामी पनी कोईला जस्तै छौ जब हामि अधिक चाप तापरुपी संघर्ष बाट गुज्रिन्छौ हामि पुरानै अवस्थामा कदापी रहदैनौ बहुमुल्य हिरा जस्तै उच्च कोटिमा दर झुन पुग्छौ सहि दिशाको मेहनत र परिश्रमले सधै मुल्यावान बनाउछ । जब तपाई संघर्षबाट भाग्ने छौ तपाइ सधै कोईला जस्तै बनाउछ । कालो रहनेछौ मुल्य हिन रहनेछौ हिरामा बदलिनु छ भने ताप र चाप सहनै पर्छ त्यसैले एउटा भनाई छ यदी तपाई नरककको बाटो हिड्दै छौ भने जारी राख नरक पछी आउने त स्वर्ग नै हो । यो भनाईले पनी हामिलाई कठिन परिस्थितिमा हिम्मत नहार्नको लागि प्रेरणा दिने गर्छ हामीले जिवनमा जब दुःख कष्ट सहने अवस्था आउछ । तब हामि बिचलित हुन्छौ आफुले गर्दै गरेको कामलाई पनी चटक्क छोड्न पछाडी पर्दैनौ । तर खास कुरा के रहेछ भने हाम्रो अगाडी आई पर्ने चुनौती र दुःखले पनी हाम्रो क्षमताको परिक्षण गरेर हामिलाई अझ बलियो बनाउछ । एक पटक महान दार्शनिक नित्स्य ले भनेका छन द पेन दयाट डज नट किल यु म्यक्स यु स्टाङ्गर अर्थात तपाईलाई दुःख आई लाग्छ तर यदी त्यो दुःखले तिमीलाई मारेन पराजित गर्न सकेन भने सम्झ कि तपाई अझ बलियो बन्दै जानेछौ । जब हुरि चल्छ तब रुखहरु अझ ससक्त बलियो बन्न घचघच्याउ छ त्यसैले भनिन्छ युद्धमा जितेको भन्दा हारेको सिपाहि बलियो हुन्छ किनकि हारेको सिपाहीले मात्र सबसे बढी दुःक सहन सिकेको हुन्छ । वास्तवमा एउटा पिडा र संघर्ष सहन सक्ने हो भने भने म एउटा कहानी जोड्न चाहन्छु । एका समयको कुरा हो साझतिर एक मन्दिरको बलिन रहेको ढुङ्गाले मन्दिर भित्रको ढुङ्गा संग बडो गुनासो गरिरहेको थियो बलेनीमा रहेको ढुङ्गाले मन्दिर भित्र को ढुङ्गालाई भन्दै थियो । कि साथी साथि हेरन तिमि पनी उ त्यो पहाडको टुप्पोबाट आएको म पनी त्यही पहाडको टुप्पोबाट आएको तिमिलाई पनी नदिले बगाएर बगरमा फ्याकेको मलाई पनि नदिले बगाएर त्यही बगरमा ल्याएको त्यति मात्र कहाँ होर साथि यो मन्दिर बनाउने बेलामा तिमीलाइ र मलाई संगै मन्दिरको प्राङ्गण सम्म पनी संगै ल्याएको हेर त साथी तिमि लाई मानिसहरुले मन्दिरको छानो भित्र त्यति राम्रो सिटमा राखेका छन । तर मलाई मन्दिरबाहिर बलेनि मा फ्याकेका छन । जब वर्षा हुन्छ तव मैले भिज्नु पर्छ जब घाम लाग्छ तब मैले घाममा सेकिनु पर्छ । त्यति मात्र कहा होर साथि जो मान्छे आएपनी हरेक दिन तिमीलाई दुध प्रसाद फुल चडाएर जान्छ। ति मान्छेले सधै हिलो र फोहोर जुत्ताले कुल्चिएर जान्छन । तिमी र म ढुङ्गा ढुङ्गा भएर पनी हामी हामी बिच यत्रो भेदभाव साथी किन भिन्नता साथि आफ्नो बलेनीमा रहेको साथिकोयस्तो कुरा सुनेपछी मन्दिर भित्रको ढुङ्गाले जवाफ दिन्छ । हो साथी तिमीले ठिक भन्यौ तिमी र संगै पहाडको शिर बाट नदि संगै बगर मा आएको तिमिलाई र मलाई मन्दिर बनाउने बेला मा संगै मन्दिरको आगनमा ल्याइएको तर जब मुर्तिकार ले आफ्नो घन र छिनाले तिमी माथि के एक चोट हानेको थियो तिमीले मुर्तिकारको चोटलाई सहन सकिनौ तिमी भित्र बाट दुइ चिरा बनेर टुट्यौ फुट्यौ त्यसैले तिमीलाई बलेनीमा जुत्ता चप्पल पुछ्नको लागी राखियो । जब मुर्तिकारले घन र छिनो ले म माथि प्रहार गर्थ्यो उसले मेरो टाउकोमा ठोक्थ्यो असाध्यै पिडा हुन्थ्यो । मैले आफुलाई तिमि जस्तै कहिले पनी भित्र बाट टुट्न दिईन मैले मुर्तिकारका प्रत्ये प्रहारहरुलाई सहे । अन्त त म एउटा सामान्य चट्टान बाट मुर्ति ढुङ्गा बन्न सफल बने यसर्थ मानिसहरुले मलाई सम्मान गरेका हुन मानिस हरुले मलाई पुजा गरेका हुन । आफ्नो कुरालाई बिट मार्दै मन्दिर भित्रको ढुङ्गाले फेरी भन्छ । मैले जिवनमा एउटै कुरा सिकेकी जिवनमा सबे चोट खानेहरु सफल हुदैनन । तिनै व्यक्तिहरु सफल हुन्छन जसले प्रत्येक चोटहरुलाई खप्ने साहस गर्छन । जिवनमा सबै चोट खानेहरु सफल हुदैनन । तिनै व्यक्तिहरु सफल हुन्छन जसले प्रत्येक चोटहरुलाई खप्ने साहस गर्छन ।

चर्चामा

सम्बन्धित समाचार