• होमपेज
  • खेलकुद
  • बडिमालिका नगरपालिकाको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

बडिमालिका नगरपालिकाको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

  • शुक्रबार, जेष्ठ १०, २०७६
बडिमालिका नगरपालिकाको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

बडीमालिका समाचार
बाजुरा १० जेठ ः बडीमालिका नगरपालिकाको प्रथम नगरस्तरीए राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । सदरमुकाम मार्तडी स्थित मालिका माद्यामिक बिद्यालयको प्रङ्गणमा आजबाट शुरु भएको प्रतियोगीता जेठ १२ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । पहिले जिल्लाका नौ वटै स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता संचालन गरेर मात्रै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा सहभागी हुने प्रराबधान भएकोले पालिका स्तरीय रनिङ सिल्ड प्रतियोगीता सचालन गरिएको आयोजक बडिमालिका नगरपालिकाले जानकारी दिएको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा छनौट गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा सहभागी गराइने जिल्ला खेलकुद बिकासका अध्यक्ष हिक्मत थापाले बताए । बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । बडीमालिका नगरपालिकाका १० ओटा माद्यामिक बिद्यालयको सहभागीता रहेको आयोजकले बताएको छ ।
राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद, सबैका लागी खेलकुद भन्ने नाराका साथ संचालन भएको कार्यत्रक्रमको उद्धघान प्रमुख अतिथि जिल्ला समन्य समिति बाजुराका प्रमुख नरेन्द्र रोकायाले गरेको आयोजकले बताएको छ । कार्यक्रममा बिभिन्न पार्टी प्रतिनिधि सहभागी बिद्यालयका प्रअ जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागी रहेको थियो । मालिका माद्यामिक बिद्यालयका शिक्षक उत्तम जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य मालिका माबिका प्रधानाध्यापक शुभराज पाध्यायले राखेका थिए । भने कार्यक्रम नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहं नेकपा नेता दिल बहादुर कुवंर लागयतका अतिथिहरुले समेत मन्तब्य राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार