
बडिमालिका खबर
जेठ, १० बाजुरा
बाजुरा जिल्लाका ३ जना पिडित महिला र उनका बच्चालाइ हाम्रो घर नामक संस्थाले संरक्षण गर्ने भएको छ । ललितपुर महानगरपालिका २६ मा रहेको उक्क्त संस्थाले संरक्षण गर्ने गरि लगेको छ ।
बडिमालिका नगरपालिका ९ बस्ने पर्मिला कुमाल उनका दुईवटा छोरी, त्यस्तै वडा नम्बर ८ बस्ने गंगा थापा उनका दुईवटा छोरा र बुढिन्नदा नगरपालिका सिराडीकि बिस्ना बिक उनका दुईवटा छोरीलाई संरक्षणका लागि लगेको हाम्रो घर नामक संस्थाकि अध्यक्ष एन्जली थापाले वताईन् । यी तिन जना महिलाका श्रीमानको मृत्यु भइसकेको छ, आर्थिक अबस्था निकै कमजोर भएको र सामाजिक रुपमा पनि पिडित रहेको पत्रकार महासंघ बाजुराका सचिब तथा दलित अधिकारकर्मी प्रेम बिकले वताएका छन् ।
महिलाहरुलाई आयआर्जनको सिप सिकाउने र बच्चाहरुलाई बिद्यालयमा पढाईदिने रहेको संस्थाकि अध्यक्ष एन्जली थापाले वताईन् । महिलाहरुले आयआर्जन बाट कमाएको पैशा उनिहरुको बैकंमा खाता खोलेर जम्मा गरिदिने वताएकि छन् ।
