• होमपेज
  • समाचार
  • नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने

नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने

  • शुक्रबार, जेष्ठ १०, २०७६
नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने

मुग्लिनमा नयाँ प्रविधिमा आधारित आर्क ब्रिज तयार भएको छ । मुग्लिनमा निर्माण गरिएको यो पुलको निर्माण सफलताले नयाँ प्रविधिमा आधारित पुल नेपाली इन्जिनियर आफैले डिजाइन गरेर निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित गरेको छ ।

करिव १ सय ६० मिटर लम्वाईको यो पुल २०६९ सालबाट निर्माण सुरु गरिएको थियो । २०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि नयाँ प्रविधिमा आधारित पुल भएका कारण ढिला गरि सम्पन्न भएको हो ।

आर्क ब्रिजको महत्व

पहाडी भुभागमा आर्क ब्रिज उपयुक्त हुने सडक विभागका इन्जिनियरहरु बताउँछन् । यो पुलमा पिल्लर राख्नु नपर्ने भएकाले कठिन स्थान र पिल्लर निर्माण गर्न नसकिने खोंचहरुमा सहजै निर्माण गर्न सकिन्छ । तर तराईमा भने यो पुल उपयुक्त हुँदैन ।

सामान्य मोटरेवल पुलका तुलनामा यो पुल निर्माण गर्दा ३० प्रतिशत सस्तो हुन्छ भने काम सुरु गरेको दुई महिनामै निर्माण सकिन्छ । चीनमा यस्तो पुल एक महिनामै तयार पारिन्छ । मुग्लिनमा निर्माण गरिएको आरसिसि कंक्रिट ब्रिज हो जुन स्टिल ट्रष्ट राखेर पनि निर्माण गर्न सकिन्छ।

यस्तो पुलका आर्कहरु बाहिर नै बनाएर त्यहाँ लगेर जोड्ने गरिन्छ । तर मुग्लिनमा भने उपकरणहरु नहुँदा त्यहीँ निर्माण गरिएको हो। यसै कारण पुल निर्माणमा केही ढिलाई समेत भएको इन्जिनियरहरु बताउँछन्।

नयाँ डिजाई अझै हल्का र सहज

पुलको भार त्यसको पेयरले नभई आर्क हुँदै दुईतिरको जमिनमा पर्ने भएकाले सवारीसाधन आवतजावत गर्दा भाईब्रेसन आउँदैन। पहिलोपटक गरिएका कारण यो डिजाइन केही हेभी रहेको छ ।

अब गरिने नयाँ डिजाई अझै हल्का र सहज हुनेछ। तुलनात्क रुपमा यो ब्रिजको आयु पनि धेरै हुन्छ । सामान्य पुलको न्युनतम आयु ५० बर्ष हुन्छ । यो पुलको आयु कम्तीमा ७० बर्षको हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार