• होमपेज
  • मनोरञ्जन
  • के फेरि प्रेममा छन् नीता र आमेश ?

के फेरि प्रेममा छन् नीता र आमेश ?

  • शुक्रबार, जेष्ठ १०, २०७६
के फेरि प्रेममा छन् नीता र आमेश ?

 काठमाण्डाै‌ १० जेठ । अभिनेत्री नीता ढुङ्गाना र अभिनेता आमेश भण्डारीले करिब तीन वर्ष अगाडि प्रेममा ब्रेकअफ गरेका थिए । केही बर्षको प्रेमलाई ब्रेकअफ गरेका यी दुबैले एकै प्रोजेटमा काम गर्न परै जाहोस्, एउटै कार्यक्रममा समेत सकभर सहभागी हुँदैन थिए ।

अहिले भने यी दुबै फेरि एकसाथ देखिन थालेका छन् । बिहीबार सार्वजनिक भएको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा यी दुबै एकसाथ देखिएका हुन् ।

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको यो गीतमा ब्रेकअफ पछि उनीहरु पहिलोपटक एकसाथ देखिएका हुन् । यो भिडियो सार्वजनिक भएसँगै उनीहरुको बीच पुनः प्रेम रहेको चर्चा चल्न थालेका छ ।

त्यसो त गत मंगलबार आयोजित चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार कार्यक्रममा पनि नीता र आमेश दुबै सहभागी थिए । तर मिडियामा चर्चा हुने डरले भने उनीहरु एक अर्काेको नजिक भने परेन् ।

अहिले एकसाथ अभिनय गरेको गीत ‘बैमानी बैमानी’मा मिलन सुर्खेतीको संगीत रहेकोछ । गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार