• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको लोकसभा चुनावमा मोदी लहर

भारतको लोकसभा चुनावमा मोदी लहर

  • बिहिबार, जेष्ठ ९, २०७६
भारतको लोकसभा चुनावमा मोदी लहर

नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी(भाजपा) पुनः सत्तामा पुग्ने संकेत देखाएको छ ।
भारतीय निर्वाचन आयोगले ५ सय ४३ स्थान मध्ये ५ सय ३७ स्थानमा रुझान सार्वजनिक गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार भाजपा २ सय ७८ स्थान अग्रता कायम गरेको छ ।

रुझानमा भाजपा बहुमतका संख्याभन्दा बढी हो । विपक्षी दल कांग्रेसको ६३ स्थानमा आग्रता रहेको छ । त्यसैगरी आन्ध्र प्रदेशका क्षेत्रीय दल वाइसीआर कांग्रेसले २३ स्थानमा आग्रता कायम गरेको छ । त्यसैगरी पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र तामिलनाडुको डिएमकेले २२ –२२ स्थानमा आग्रता कायम गरेको छ ।

महाराष्ट्रमा शिव सेनाले १७ तथा जनता दल युनाइटेडले १५ स्थानमा जीत हासिल गरेको छ । यस्तै उत्तर प्रदेशमा बहुजन समाज पार्टीका १५ र समाजवादी पार्टीले ९ स्थानमा आग्रता कायम गरेको छ । भाजपाले उत्तर प्रदेशमा केही स्थानमा पछि परे पनि पश्चिम बंगाल, उडिसा, उत्तर पूर्वी राज्यहरुमा भने अग्रता कायम गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार