• होमपेज
  • समाचार
  • आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्तेष्टि गरिँदै

आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्तेष्टि गरिँदै

  • बिहिबार, जेष्ठ ९, २०७६
आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्तेष्टि गरिँदै

पाँचथर — सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्तेष्टिका गरिने छ ।

यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको माङजाबुङ भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ । स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चित्ता निर्माण गरिएको छ । जसका लागि दुई स्थानमा दुईवटा चित्ता निर्माण गरिएको छ ।
शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफ्न्तहरु नआएकाले आफ्न्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
कान्तिपूरबाट

चर्चामा

सम्बन्धित समाचार