• होमपेज
  • खेलकुद
  • एसीसी इमर्जिङ एसिया कपमा नेपालको सहभागिता नहुने

एसीसी इमर्जिङ एसिया कपमा नेपालको सहभागिता नहुने

  • बिहिबार, जेष्ठ ९, २०७६
एसीसी इमर्जिङ एसिया कपमा नेपालको सहभागिता नहुने

एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बिहिबार इमर्जिङ एसिया कप आयोजना गर्ने जनाएको छ ।

आठ राष्ट्रको सहभागिता रहने एसीसी इमर्जिङ एसिया कप नोभेम्बर १२ बाट ढाकामा सुरु हुनेछ । तर, यस संस्करणमा नेपालको सहभागिता नहुने भएको छ ।

गत वर्ष भएको एसीसी एसिया कप छनोटको शीर्ष तीनमा पर्न नसकेपछि नेपालको सहभागिता नहुने भएको हो । उक्त छनोटको शीर्ष तीनमा पर्न सफल हङकङ, युएई र ओमानले एसीसी इमर्जिङ एसिया कप खेल्ने छन् ।

५० ओभरको हुने प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको यू-२३ टिम तथा अफगानिस्तान, युएई, हङकङ र ओमानको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार