• होमपेज
  • देश/प्रदेश
  • मिडिया काउन्सिल विधेयक पास गर्न दिन्नौं : पौडेल

मिडिया काउन्सिल विधेयक पास गर्न दिन्नौं : पौडेल

  • बुधबार, जेष्ठ ८, २०७६
मिडिया काउन्सिल विधेयक पास गर्न दिन्नौं : पौडेल

धनगढी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोजेको बताएका छन्। ‘सरकारले जनतलाई सन्तुष्ट पार्न सकेको छैन, नेपाल प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘समृद्धि, शुसासन र शान्ति सुरक्षा जनतालाई अनुभुति दिलाउने नसक्दा सरकारप्रति जनताको विश्वास घट्दै गएको छ।’

सरकारले जनतालाई आश्वासन धेरै बाडेको भन्दै पौडेलले त्यो अनुरुप काम गर्न नसकेको आरोप लगाए। सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पौडेलले सुशासन र शान्तिसुरक्षा कायम गर्नमा सरकार पूर्णरुपमा असफल भएको तर्क गरे।

सरकारका गतिविधि मिडियाबाट जनतामा आउने डरले सञ्चार माध्यामलाई नियन्त्रण गर्ने रणनीतिमा सरकार लागेको उनले बताए। उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पास गर्न नदिने उल्लेख गरे। ‘सरकारका असफलता लुकाउने गरी विधेयक आएको छ, उनले भने, ‘कांग्रेस कुनै पनि हालतमा त्यसको पक्षमा छैन्।’

एक अर्को प्रसंगमा नेता पौडेलले कांग्रेस चाँडै नै प्रादेशिक संरचनामा जाने दावी गरे। पार्टीलाई नयाँ अधिवेशन गरेर पार्टीलाई तन्दुरुस्त बनाउन जरुरी रहेको बताए। कांग्रेसको जनजागरण अभियानको क्रममा उनी सुदूरपश्चिममा छन्।

चर्चामा

सम्बन्धित समाचार