• होमपेज
  • समाचार
  • पूर्वी नवलपरासीमा हावाहुरी सहित असिनापानी , ३ सय बढी घरमा क्षति !

पूर्वी नवलपरासीमा हावाहुरी सहित असिनापानी , ३ सय बढी घरमा क्षति !

  • बुधबार, जेष्ठ ८, २०७६
पूर्वी नवलपरासीमा हावाहुरी सहित असिनापानी , ३ सय बढी घरमा क्षति !

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गएराति हावाहुरी सहित असिना पानी आउँदा ३ सय भन्दा बढी घरमा क्षति भएको छ ।नगरपालिको तथ्यांक संकलन गरिरहेकोेले यकिन तथ्यांक आउँन बाँकी रहेको र क्षति भएका घरहरु मध्य आधाआधी बस्नै नमिल्ने गरी क्षति भएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीले बताइन् ।

तिवारीका अनुसार ठाउँठाउँमा विजुलीको पोल ढलेको छ, देवचुली आधारभूत विद्यालय, भीमसेन मावि लगायतका विद्यालय, कुखुराको खोर लगायत को छानो उडाएको छ ।सबैभन्दा बढी क्षति देवचुली नगरपालिकाको वडा नंंं. ७ मा सबैभन्दा बढी क्षति भएको र

हावाहुरीले देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ गरी ७ वटा वडामा क्षति पुगेको छ ।मानवीय क्षति भएको जानकारी नआएपनि सामान्य चोटपटकहरु पनि लागेको भेटिएको तिवारीले बताइन ।

चर्चामा

सम्बन्धित समाचार