• होमपेज
  • समाज
  • धादिङ कारागारका कैदी होटलको कोठामा मस्ती गर्दै (भिडियो)

धादिङ कारागारका कैदी होटलको कोठामा मस्ती गर्दै (भिडियो)

  • बुधबार, जेष्ठ ८, २०७६
धादिङ कारागारका कैदी होटलको कोठामा मस्ती गर्दै (भिडियो)

रक्सी खाँदै प्रहरीको पहरा

धादिङ : अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेका भेटिए ।

जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा मस्ती गरिरहेको
रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको थियो । कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलाइ होेटलमा पुर्‍याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी खाँदै पहरा दिइरहेका थिए ।

रक्सी खाँदै पहरा दिइरहेका सादा पोशाकका सुरक्षाकर्मीहरू । 

जवरजस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् । कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कैदी बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ ?

ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य खुलेको हो । धादिङ कारागारमा लिामो समयदेखि टोक बहादुर तामाङ चौकीदार थिए । अहिले रुपेश चापागाँई चौकीदार छन् ।

गम्भीर बिरामी भएको खण्डमा र कुनै विशेष परिस्थितिको लागि मात्रै कैदीबन्दी बाहिर पठाउने गरेको धादिङ कारागार कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए । ‘हामीले चिठीपत्र बनाएर सुरक्षाकर्मीहरूको जिम्मा लगाएर मात्रै बाहिर पठाउछौँ, श्रेष्ठले भने–‘उपचारका लागि र विशेष कामको लागि गएका कैदीबन्दीहरू होटलमा भेटिए भने नैतिक जिम्मेवारी त कारागारको हुन्छ तर हामीले सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका हुन्छौँ । उनीहरूको मिलेमतो हुन सक्छ ।’

अन्नपूर्ण पाेष्टमा मनिष दुवाडीले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार