• होमपेज
  • देश/प्रदेश
  • फेरि एक बालिका सेती नदीमा बगेर बेपत्ता

फेरि एक बालिका सेती नदीमा बगेर बेपत्ता

  • बुधबार, जेष्ठ ८, २०७६
फेरि एक बालिका सेती नदीमा बगेर बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा आइतबार बगेर एक बालिका बेपत्ता भएकी छिन् ।

शिखर नगरपालिका–४ घर भई दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर घर आएकी १६ वर्षीया धर्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए  ।

महराको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

शुक्रबार केआइसिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल कालागाढस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

उनको पनि अहिलेसम्म पत्तो लागेको छैन ।

चर्चामा

सम्बन्धित समाचार