• होमपेज
  • खेलकुद
  • सन्दीप लामिछाने ३ साताका लागि अस्ट्रेलिया प्रस्थान

सन्दीप लामिछाने ३ साताका लागि अस्ट्रेलिया प्रस्थान

  • मङ्लबार, जेष्ठ ७, २०७६
सन्दीप लामिछाने ३ साताका लागि अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ७ जेठ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीपल आज अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

केही दिन चितवनमा घर परिवारसँग विताएका सन्दीप अस्ट्रेलियाबाट जुनको दोस्रो साता फर्कने जनाइएको छ । नेपाली क्रिकेटको विकासका विषयमा अस्ट्रेलियामा छलफल गर्ने सन्दीपले बताए ।

नेपालले एकदिवसीय वरियता पाएपछि पछिल्लो समय नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेकाले नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा केही पहल गर्ने उनको भनाई थियो ।

अस्ट्रेलियाको बीगबासमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए । उनले नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अस्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार