• होमपेज
  • देश/प्रदेश
  • गाउँपालिका कार्यालयको ढोकामै बम

गाउँपालिका कार्यालयको ढोकामै बम

  • मङ्लबार, जेष्ठ ७, २०७६
गाउँपालिका कार्यालयको ढोकामै बम

बझाङ : बझाङस्थित छबिसपाथीभेरा गाउँपालिका कार्यालयको मुल ढोकामा राखिएको बमलाई नेपाली सेनाले निस्कृय गरेको छ। अज्ञात समूहले मंगलबार बिहान राखेको बमलाई सेनाले निस्कृय गरेको हो।

कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु देखेपछि कर्मचारीहरुले जिल्ला प्रहरी र नेपाली सेनालाई खबर गरेका थिए। खबर पाएपछि सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

मुख्य ढोकामा बम भेटिएपछि कर्मचारी र जनप्रतिनिधिहरु कार्यालयभित्र जान नसक्दा गाउँपालिकाको काम प्रभावित भएको थियो। दिउँसो नेपाली सेनाले बम निस्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरिक्षक सूर्य केसीले जानकारी दिए।

गाउँपालिकासँग नेकपा विप्लव समूहले चन्दा माग गरेको तथा गाउँपालिकाले चन्दा नदिएपछि बम राखेको हुनसक्ने आशंका गरिएको केसीले बताए।

चर्चामा

सम्बन्धित समाचार