• होमपेज
  • समाचार
  • पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

  • मङ्लबार, जेष्ठ ७, २०७६
पाँचथरमा २ परिवारका ९ जनाको हत्या

७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या गरिएको पुष्टि गरे । प्रहरी घटनास्थल पुगिनसकेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ ।

१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी मात्र प्राप्त भएकाे छ । अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक अनील पौडेलले अनलाइनखबरसँग भने, ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था छैन ।’

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।

चर्चामा

सम्बन्धित समाचार