• होमपेज
  • समाचार
  • धनराज बचाँउ अभियान शुरु, अमेरीका बाट सुनि गुरुङ्गको पहल मार्फत १ लाख संकलन

धनराज बचाँउ अभियान शुरु, अमेरीका बाट सुनि गुरुङ्गको पहल मार्फत १ लाख संकलन

  • मङ्लबार, जेष्ठ ७, २०७६
धनराज बचाँउ अभियान शुरु, अमेरीका बाट सुनि गुरुङ्गको पहल मार्फत १ लाख संकलन

बडिमालिका खबर
बाजुरा, ७ जेठ
बाजुराको बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनका २७ बर्षिय धन बहादुर बोहोराको उपचारका लागि आर्थिक संकलन शुरु भएको छ । दुइ वटै मृगौला फेल भएका उनि एक महिना देखी काठमाडौमा रहेको बिर अस्पातलमा जिवनमरणको दोसाधमा रहेको जानकारी बडिमालिका खबर लगायत सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा आइसकेपछि धनराज बचाँउ अभियना देश बिदेशमा शुरु गरिएको छ ।
संबिधान सभाका सदस्य पेम्बा गुरुङ्ग भोटे र अमेरीका बस्ने उनकि श्रीमति सुनि गुरुङ्गले आफु र अरुबाट १ लाख १ सय ८ रुपैया संकलन गरेर पिडितलाई धनराजलाई पठाएकि छन् । धन बहादुर बोहोरा जिवनमरणको दोसाधमा रहेको सामाजिक सञ्जालमा थाहा पाएपछि आफुले पनि सहयोग गरेको र अरुलाई पनि सहयोग मागेको अमेरीका बाट सुनि गुरुङ्गले बडिमालिका खबरलाई बताईन् । फेरी पनि उनको सहयोगका लागि अमेरीकामा सञ्चालन गरीरहने वताए । सुनि गुरुङ्गको नेपालको ठेगाना बाजुराको बुढिन्नदा ९ पाण्डुसेन रहेको छ ।
त्यस्तै धन बहादुर बोहोरा अलपत्र परेको समचार र सामाजिक सञ्जालमा भिडियो देखेपछि कोरिया बाट अमृत कुमार कार्की र उनकी श्रीमति मञ्जु कटुवालले १० हजार सहयोग गरेका छन् । त्यस्तै मलसिया बाट सुनिल पहरीले ८ हजार २ सय २० धन बोहोराको उपचारका लागि सहयोग गरेको सामाजिक अभियान्ता तथा नर्स मिरा केसीले वताएकि छन् । धन बोहारा बचाउ अभियनाका लागि बडिमालिका खबर, संबिधान सभाका सदस्य पेम्बा गुरुङ्ग भोटे, अमेरीका बस्ने उनिक श्रीमति सुनि गुरुङ्ग, नेकपाका नेता जनक कुमार बोहोरा, सामाजिक अभियान्ता तथा नर्स मिरा केसी लगायतकाले लागि रहेको बडिमालिका खबरका लक्ष्मिराज पाध्याले वताए ।

सहयाेग गर्नका लागि पिडित धनराज बाेहाेराकाे श्रीमती याेशदा अधिकारीको नाममा नेपाल बैंक लिमिटेड खाता नम्बर 24601006673864000001 जम्मा गरिदिन सक्नु हुनेछ ।
चिकित्सकले दुई वटै मृगौला फेल भएर एउटा मृगौल भएपनि फेर्नु पर्ने वताएका छ, तर उनि सँग आर्थिक नभएका कारण बिर अस्पतालको १ सय ५९ बेडमा तड्पिरहेका छन् । धन बहादुर रोकायाको उपचारका दुई महिना देखी बिर अस्पताल भइरहेको छ, पैशा २ लाख भन्दा बढि खर्च भइसक्यो, अब एक पैशा पनि छैन उनका भाइ नरेन्द्र बोहोराले वताएका छन् ।
बाजुरा बाट बिदेश जानका लागि काठमाडौ पुगेका धन बिरामी भएर अहिले बिर अस्पतालको बेडमा छन् । बिदेश जाँउ भनेर काठमाडौ आए सबै प्रक्रिया पुयाए, तर एक्कासी हातखुट्टा सुनिएपछि चेक गर्न जाँदा त दुबै मृगौला फेल भएको थाहा पाए, पैशा छैन्, मर्नुभन्दा कुनै बिकल्प नरहेको रुदै टेलिफोन बडिमालिका खबर सँग बताए । साथै आफुलाई बचाँउनका लागि सबैमा आग्रह गरेका छन् ।
धन बहादुरका परिवारलाई सरकारी सेवा सुबिधा बारेमा समेत कुनै जानकारी छैन् । श्रीमति सँग रगत समुह मिलेन आमा र बुवाको उमेर ६० कटिसकेको छ, मृगौला किन्नु भन्दा अर्को बिकल्प नभएको धनले वताए । उनका श्रीमति र एक पाँच महिनाको बच्चा रहेका छन् । चिकित्सका अनुसार उनको चौथो चरणमा पुगेकाले मृगौला फेर्नु पर्ने सुझाब दिएका छन् ।
सरकारले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्वन्धी कार्यबिधि ल्याएर विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता उपलव्ध गराउन नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत एक छुट्टै कोष स्थापना गरेको छ । त्यस्ता बिपन्न नागरिकका लागि स्वदेशमा मृगौला प्रत्यारोपण गर्ने भएमा अस्पताल मार्फत रु २ लाख छुट, हेमोडायलासिस २०८ सेसन निःशुल्क, पेरिटोनियल डायलासिस २ वर्ष सम्म निःशुल्क गर्ने ब्यबस्था रहेको छ । त्यस्तै मेडिकल वोर्डको सिफारिशमा विदेशमा गई मृगौला प्रत्यारोपण गरेमा रु २ लाख रप्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु १ लाख सम्बन्धित विरामीबाट विलभपाई लिई नगदै उपलब्ध गराइने ब्यबस्था रहेको छ ।
शुदुरपश्चिम प्रदेश सरकारले पनि आर्थिक बिपन्न परिवारका लागि भन्दै ५० लाख छुट्याएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताए । यता खाले बिरामीका लागि १ लाख सम्म दिने ब्यबस्था गरेको छ । सरकारले ८ प्रकारका जटिल खालका रोगको उपचारका लागि साहयता कोष स्थापना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार