• होमपेज
  • समाचार
  • एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने, ३० दिनभित्र नराखे कारबाही

एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने, ३० दिनभित्र नराखे कारबाही

  • मङ्लबार, जेष्ठ ७, २०७६
एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने, ३० दिनभित्र नराखे कारबाही

अब बैङ्कहरुले आफ्नो एटीएम मेरिनमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ । एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।

३० दिनभित्र एटीएम मेसिनहरुमा नेपाली भाषा राखी केन्द्रीय बैङ्कलाई सो बारे जानकारी गराउनुपर्नेछ । नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आइतबार बैङ्क तथा वित्तिय संस्थालाई सुचना जारी गरी नेपाली भाषा राख्न भनेको हो ।

चर्चामा

सम्बन्धित समाचार