शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • किशोर किशोरीका लागी रुपान्तरण तालिम सम्पन्न

किशोर किशोरीका लागी रुपान्तरण तालिम सम्पन्न

  • मङ्लबार, जेष्ठ ७, २०७६
किशोर किशोरीका लागी रुपान्तरण तालिम सम्पन्न

 

बडीमालिका खवर

बाजुरा, ७ जेठ

सदरमुकाम मार्तडीमा किशोर किशोरीका लागि रुपान्तरण तालिम सम्पन्न भएको छ । आड्रा नेपालको आयोजना र युएनएफियको सहयोगमा १२ दिने तालिम सम्पन्न भएको आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्ठले वताएका छन् ।

१२ दिन सम्म सञ्चालन भएको तालिम एक कार्यक्रमका बिच सोमबार सम्पन्न भएको छ । तालिमको समापनको अध्यक्षता जिल्ला जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले गरेका थिए । समापन कार्यक्रममा पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह, आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आड्रा नेपाल बाजुराका सुस्मिता परिवारले गरेकी थिईन् ।

तालिम समापनमा सहभागिको तर्फ बाट कौशी न्याउपाने, शाङ्गिला विक, सम्झना रावलले बोलेकी थिईन् । उनिहरुले आफुहरुले सिकेको कुरा गाँउमा गएर लागु गर्ने वताईन् । वालविवाह, छाउपडि लगायतका कुप्रथाको अन्त्य गर्न लाग्ने साथै परिवार नियोजन सम्बन्धि समुदायमा जानकारी गराउने सहभागि सम्झना रावलले वताईन् । त्यस्तै तालिमका प्रशिक्षक उमेश दाहल, बिन्जु वराल आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्ठ र पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह बोल्नु भएको थियो ।

तालिममा त्रिबेणी नगरपालिका र स्वामिकार्तिक खापर गाँउपालिका १६ जनाको सहभागिता रहेको थियो । किशोर किशोरीलाई जिवनउयोगि सिप र गाँउको सर्वाङ्गणीय विकासमा टेवा पुयाउन तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिम पछि सहमागिले गाँउमा गएर स्वास्थ्य, महिनावारी, वालविवाह लगायत यौन शिक्षाका बारेमा समुदायलाई जानकारी तथा जनचेतना दिने रहेको छ । २ वटा स्थानिय तहमा चार चार वटा समुह छनोट गरि त्यहि समुहमा काम गर्ने र चेतना फैलाउने आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्टले वताए । तालिमको सहजिकरण आड्रा नेपाल रत्न कायस्ठ, सहजकर्ता उमेश दाहल र बिन्जु वरालले गरेको आड्रा नेपालकि प्रमिला बुडाथोकीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार