सीप चल्छ कामीको राम्री राम्री छोरी चल्छ पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ ।
मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती कामी ले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।
पंधेरा बाट पानी भरी ल्याउने तामाको गाग्री कामी ले नै बनाएको चल्छ तर कामी ले छोएको पानी चल्दैन ।
वाहा ! कति रमाईलो छ है नेपाली समाज ? सेक्स चल्ने । जवान चल्ने । सीप चल्ने ।
औजार चल्ने । तर उसैले खाली शरीर ले छोएको पानी नचल्ने । पानी पानी नै रंग हुदैन ।
मैले सुनेको थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ ।
तर मान्छे मान्छे नै हो । मान्छे मा कुनै फरक हुदैन । मानिस को शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।
भौतिकवाद ले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।
हामी नेपाली एउटा सियो बनाउने उपाए छैन भौतिवादको आँखा मा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ ।
मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन । एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो