• होमपेज
  • समाचार
  • भारतीय अतिक्रमणलाई पछि हट्न बाध्य बनाउने एसपी गहरधन राईको चौतर्फी प्रशंसा,

भारतीय अतिक्रमणलाई पछि हट्न बाध्य बनाउने एसपी गहरधन राईको चौतर्फी प्रशंसा,

  • सोमवार, जेष्ठ ६, २०७६
भारतीय अतिक्रमणलाई पछि हट्न बाध्य बनाउने एसपी गहरधन राईको चौतर्फी प्रशंसा,

काठमाडौं     –    नेपाल–भारत सीमावर्ती क्षेत्र सुस्ताको विवादित भूमिमा भारतका सुरक्षा फोर्स ले देखाएको दादागिरी प्रति नेपाल शसस्त्र प्रहरी बलका एसपी गहरधन राई ले देखाएको बहादुरी लाई लिएर यतिवेला चौतर्फी तारिफ हुन थालेको छ l

विवादित क्षेत्रमा सडक खन्ने क्रममा नेपाली पक्षले अवरोध गर्दा भारतीय सुरक्षाकर्मीले धम्क्याउने गरेको सुस्तावासीको गुनासो छ । सुस्ताका स्थानीयलाई बजार गर्न, आधारभूत तहदेखि उच्च शिक्षा हासिल गर्न र बिमार हुँदा भारत जानुपर्ने बाध्यता छ । वर्षातको समयमा नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुभन्दा अधिकांश नेपाली भारतीय भूमि हुँदै नेपाल आउँछन् । तर, सिमानामा खाडल खनेपछि नेपालीलाई आवातजावत गर्न पनि असहज भएको छ । बाटो रोकेपछि भारतीय विद्यालयमा अध्ययन गर्ने सुस्ताका बालबालिका विद्यालय जानसमेत पाएका छैनन् ।

केहि दिन अगाडी पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा भारतले धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न निषेध गर्न थाले पछी एसपी गहरधन राईको नेतृत्व मा पुगेको टोलीले भारतीय सुरक्षा फोर्स एसएसबी लाई रोकेर सिमा क्षेत्र मा भैरहेको गतिबिधि रोक्न बाध्य पारेका थिए l

एसपी राई को उक्त बहादुरी र देश प्रतिको साहस लाई लिएर उसले एसएसबी संग गरेको कुराकानी को भिडियो युट्युव फेसबुक मा यतिवेला भाइरल भैरहेको छ l

एसपी राईको नेपालि आमा प्रतिको आफ्नो दायित्व र साहस लिएर पत्रकार जनकऋषि राई आफ्नो फेसबुक स्टाटस यसरि लेख्नु हुन्छ ‘नवलपुरस्थित सुस्ता सिमानाबाट भारतीय अतिक्रमणलाई पछि हट्न बाध्य बनाउने शसस्त्र प्रहरी विभागका एस पी गहरधन खालिङ राई अब साेलुकाेमात्र रहेनन् याे देशकाे नायक बन्नुभयाे ।

त्यसै गरि वेलायत बाट मुलघरे कान्छ लेख्नु हुन्छ ‘नेपालको प्रदेश नं ५ अन्तर्गत नवलपरासी जील्लाको सुस्ता गाउपालिका-5 सुस्तामा भारतीयहरुले सिमाना अतिक्रमण गरेर बाटो निर्माण गरेको र भारतबाट आऊने-जाने बाटो बन्द गरेर नेपालीहरुलाई दुख दिएको अनी नेपाली भु-भागमा जबरजस्ती बाटो बनाउने काम जारी राखेको कारण त्यसको प्रतिकारमा सुस्ताबासी नेपाली विर विरङ्गाना र नेपाल शषस्त्र प्रहरीले उक्त भु-भागमै भारतीय सिमा सुरक्षा बल एस एस बी लाई रोक्ने काम गरेको छ,आफनो देशको सिमानाको रक्षामा दिनरात खट्ने यी राष्ट्रको सपुतहरु नै असली विर गोर्खाली हुन,नेताहरु भारतको दलाल बनेपनि अब देशको सिमाना बचाऊनको निमित्त यसरी नेपालीहरु,राष्ट्रको सपुतहरु पछि हट्नु हुदैन यी सिमा रक्षार्थ सुस्तावासी र नेपाल शसस्त्र प्रहरीका बलका एस्पी गर्धन राइृ  र वहाँको टोली सबैलाई सलाम छ’ l

चर्चामा

सम्बन्धित समाचार