• होमपेज
  • खेलकुद
  • घरेलु उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक, वाट्फोर्डलाई ६-० ले हराउँदै जित्यो एफए कप

घरेलु उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक, वाट्फोर्डलाई ६-० ले हराउँदै जित्यो एफए कप

  • सोमवार, जेष्ठ ६, २०७६
घरेलु उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक, वाट्फोर्डलाई ६-० ले हराउँदै जित्यो एफए कप

म्यानचेस्टर सिटीले घरेलु उपाधिमा ह्याट्रिक गरेको छ । काराबाओ कप र प्रिमियर लिगको उपाधि जितेको सिटीले एफए कप फुटबलको उपाधिमाथि पनि कब्जा जमाएपछि उसले घरेलु उपाधिमा ह्याट्रिक गरेको हो। फाइनलमा शनिबार राति वाट्फोर्डलाई ६-० को फराकिलो अन्तरले हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

Image result for Manchester City rounded off an outstanding season by crushing Watford at Wembley to clinch a historic domestic treble.

घरेलु मैदानमा ६-० ले हराउने क्रममा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस खेलको ३८ र ६८ औं मिनेटमा गोल गरेका थिए भने रहिम स्ट्रर्लिङ्गले खेलको ८१ र ८७ औं मिनेटमा गोल गरेका थिए। बाँकी दुई गोल डेविड सिल्भाले २६ औं मिनेटमा गरे भने र केविन डी ब्राउनले ६१ औं मिनेटमा।

Image result for Manchester City rounded off an outstanding season by crushing Watford at Wembley to clinch a historic domestic treble.

सिटीको यो सन् १९०३ मा एफए कप फाइनलमा बरीले डर्बीलाई ६–० ले हराएयताको सबैभन्दा फराकिलो जित हो ।

चर्चामा

सम्बन्धित समाचार