• होमपेज
  • देश/प्रदेश
  • बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ३ घाइते

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ३ घाइते

  • आइतवार, जेष्ठ ५, २०७६
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ३ घाइते

बैतडी,५ जेठ- बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । देहीमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आज बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट अन्दाजी ४०÷४५ बर्षका हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ बर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का अन्दाजी ४०÷४५ बर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ बर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १०का नवीन भट्ट घाइते भएका छन् । जिप दुर्घटनाको कारण खुलेको छैन् । जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल तर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेहरुलाई अस्पताल ल्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार