• होमपेज
  • बाजुरा बिशेष
  • मालिका माबिका बिद्यार्थी इन्जिनियरले बनाए लोभलाग्दो स्मार्टसिटीको नक्शा

मालिका माबिका बिद्यार्थी इन्जिनियरले बनाए लोभलाग्दो स्मार्टसिटीको नक्शा

  • आइतवार, जेष्ठ ५, २०७६
मालिका माबिका बिद्यार्थी इन्जिनियरले बनाए लोभलाग्दो स्मार्टसिटीको नक्शा

लक्ष्मीराज पाध्याय
बाजुरा ५ जेठ- मालिका माबिमा पढ्ने इन्जिनियर पढ्ने बिद्यार्थीहरुले ‘स्मार्ट्सिटी’ को नमुना बनाएका छन् । जिल्ला सदरमुकाम मार्तडी स्थित संचालन भएको प्रथम बाजुरा महत्सवको अवसरमा मैदानमा सुक्रबारबाट सुरु भएको मेलामा उनीहरूको डिजाइन हेर्न सबै झुम्मिएका छन् । केही दिन यता बाजुराको मालिका माबिमा अध्यायनरत इन्जिनियहरुले बनाएको नक्साको निकै चर्चा चलेको छ । मालिका माबिमा अध्यायनरत इन्जिनियरले सदरमुकाम मार्तडीलाई यस्तो सहर बनाउन सकिन्छ भन्ने परिकल्पना सहितको नक्शाले धेरै मान्छेलाइ अचम्मित पारेको छ । जिल्ला सदरमुकाम मार्तडीमा संचालन भएको प्रथम बाजुरा महत्सवका ७० ओटा स्टल मध्य सबै भन्दा बढी मालिका माबिको प्राबिधक समुहको स्टलमा मान्छेको निकै घुईचो लाग्ने गरेको छ । महत्सव हेर्ने धेरैले फेसबुक वालमा मालिका माबिका प्राबिधकहरुले बनाएका नक्शाहरु पोस्ट गरेका छन् ।


केही दिन देखी इन्जिनियर बिद्यार्थीले बनाएका तस्बिर अहिले सामाजिक संजालमा भाइरलसमेत भएको छन् । इन्जिनियरहरुले बनाएको नक्शाका आधारमा नगरपालिका र यहाँका स्थानिय सरकारले यो नक्शाका आधारमा शहरको निर्माण गर्न सकिने नागरिक अगुवा अमर खड्काले बताए ।


मालिका माबिका इन्जिनियर शिक्षक प्रयाग जोशी, र स्कुलकै विद्यार्थीहरू बिशाल सुनार, मंगल नेपाली लागयतको समूहले स्मार्ट सिटीको डिजाइन गरेर देखाएका हुन । स्मार्टसिटीमा हुने सेन्सिबल सिस्ट भएको घरको डिजाइन, मार्तडीको गड्खेतमा बन्ने शहरको परिकल्पना, भौनेरा हाइड्रोपावरको डिजाइन बनाएको इन्जिनियर शिक्षक प्रयाग जोशीले बताएका छन् ।


शिक्षक जैशीले भने, ‘नेताहरूले चुनावमा मार्तडीलाई स्मार्ट्सिटी बनाउने भनेर भाषण गरेको सुन्यौं । कस्तो हुन्छ भनेर जिज्ञासा पलायो । अनि विभिन्न उपाय र खोजी गर्यौं  र एउटा अवधारणा बनाएर यस्तो डिजाइन बनाएका हौं जैशीले बताए । मेला अवलोकन गर्न आएका धेरै जना इन्जिनियर विद्यार्थीले स्मार्ट्सिटीको नमुना बनाएको देख्दा अचम्मीत भएको बताए । यो उनीहरूको सिर्जनशीलता र नयाँपुस्ताले खोजेको र चाहेको नमुना डिजाइन रहेको बडीमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए ।’


विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले भने शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीलाई विज्ञान र प्रविधितर्फ आकर्षित गर्न स्मार्टसिटीको यो नक्शा प्रदर्शनी गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार