शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • मसँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

मसँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

  • आइतवार, जेष्ठ ५, २०७६
मसँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

काठमाडौं । शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ ।रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका रूपमा कार्यरत छिन् ।शीतलसँग उनको लेखन, यौन जीवनसम्बन्धी धारणा, विवाह, नारी स्वतन्त्रता आदि विषयमा साप्ताहिकको कुराकानी : पहिले खुबै लेख्नुहुन्थ्यो । अहिले उति देखिनुहुन्न, केमा व्यस्त हुनुहुन्छ ?मैले कहिल्यै चर्चित हुनका लागि लेखिनँ, सुधार्नका लागि लेखें । यो विषयमा लेख्यो भने सुध्रिन्छ भन्ने भएपछि लेखें । मसँग जुन विषयमा तथ्य हुन्थ्यो त्यसकै बारेमा लेखें । अहिले पनि लेख्नुपर्ने धेरै कुरा छन्, कति आधा लेखेर छाडेकी छु, तर सुधार्ने कुरा के छ भन्ने कुराको ठ्याक्कै जवाफ नभेटेर रोकेको हो । नत्र लेख्न त किन छाड्नु र ?

चर्चित हुनका लागि लेख्दिनँ भन्नुभयो, तर तपाईं लेखेरै चर्चित हुनुभएको हो नि ? हा हा हा (लामो हाँसो) । तपार्इंहरूले मलाई चर्चित नै मान्नुहुन्छ भने त म चर्चितै हो । लाखौंले तपाईंका लेख पढ्थे, कस्तो प्रतिक्रिया आउँथ्यो ?कैयौं प्रतिक्रिया त यस्ता पनि आउँथे, जसलाई म पढ्नै सक्दिन थिएँ । एकपटक ‘मेरो जीवन, मेरो मर्जी’ शीर्षकमा लेख लेखेकी थिएँ, जसमा मैले बच्चा जन्मियो भने पहिलो हक आमाको हुन्छ,बाबु भनेको त आमाले चिनाइदिने व्यक्ति हो भनेर लेखेकी थिएँ । उक्त लेखमा यति गाली आएको थियो कि म गाली पढ्दापढ्दै सिरियस भए, यतिसम्म सिरियस कि झन्डै फेड हुने अवस्था सिर्जना भयो । कतिसम्म भने मलाई मात्र होइन, मेरी आमा र बुबासमेतलाई गाली गरिएको थियो ।

मेरो साथीले तिम्रो काम लेख्ने हो, गाली पढ्ने काम तिम्रो होइन भनेर सम्झाएपछि बल्ल म नर्मल भए । उसले गालीबाट प्रभावित हुन्छौं भने तिमीले किन लेख्ने ? तिमीले आफ्नो लेखबाट अरूलाई प्रभावित तुल्याउने हो, यसरी सिरियस हुने होइन भनेर सम्झाएपछि म ठीक भए ।त्यसपछि मैले कति धेरै लेख लेखे, तर कमेन्ट कहिल्यै पढिनँ । अहिले पनि म लेख लेख्छु, कमेन्ट पढ्दिनँ । लेख त म आफ्नो मर्जीले लेख्छु, गाली त उनीहरू आफ्नो मर्जीले गछ{g । म उनीहरूको मर्जीको गाली किन खाउँ ? त्यसकारण अहिले म कमेन्ट हेर्दिनँ ।कतिपयले तपाईंको लेखनलाई सेक्सिलो लेखन भनेर कमेन्ट गर्छन् । आफैंलाई चाहिँ कस्तो लाग्छ ? सेक्स भन्ने कुरा म मेरो हरेक लेखमा आओस् भन्ने चाहन्छु । मेरो जीवनमा त्यो कुराको एकदमै महत्व छ । यदि त्यो कुरा बुझिएन भने मलाई जीवन अधुरो हो जस्तो लाग्छ ।

जब जीवन नै अधुरो हुन्छ जस्तो लाग्छ भने म एउटा लेख्न रुचाउने मान्छेले त्यो कुरालाई किन छुटाउँछु ? त्यसैले यो प्रश्नबाट मलाई झन प्रेरणा मिल्यो । मलाई सेक्सका बारेमा लेख्ने, खुल्ला कुरा गर्न चाहने मान्छे भनेर चिनाउनुभयो भने म त्यसलाई सगर्व स्वीकार गर्छु ।लेखनमा यौनलाई कलात्मक तरिकाले प्रस्तुत गर्नुहुन्छ ? कसरी सीप चल्छ ? (लामो हाँसो..) । हेर्नुस् जब कसैले त्यो कुरालाई सम्मानका साथ स्वीकार गर्छ र अनुभव हुन्छ नि तब त्यो मानिसले लेख्न सक्छ, भिड्न सक्छ । आफ्नो जीवनमा खत्रा राम्रो यौनसुख भोग गरेको छ, यौन शिक्षा पाएको छ, यौनको परिभाषा बुझेको छ भने अरूलाई पनि बुझाउन सक्छ ।जब आफ्नै जीवनमा उसले कहिल्यै यौनसुख पाएको छैन, यौनको परिभाषा बुझेको छैन, यौन सन्तुष्टि पाएको छैन भने त्यो मानिसले न लेख्न सक्छ न त्यसको अनुभव भन्न सक्छ । भनेपछि अनुभव र बुझाइले मानिसलाई लेखनमा परिपक्व बनाउने हो ?

म यो शताब्दीको ३६ वर्ष पुगेकी केटी मान्छे हुँ । त्यसकारण तपाई मबाट यौनको अनुभवै पाएको छैन भन्ने अपेक्षा नगर्नुहोस् । यौनका बारेमा गम्भीर खालका लेखहरू पनि लेख्नुभएको छ । त्यस्ता लेख लेख्ने कन्सेप्ट कसरी तयार गर्नुहुन्छ ?कन्सेप्ट फुर्नेभन्दा पनि म हरेक लेख सुधार्नका लागि लेखिरहेकी हुन्छु । एउटा लेख, ‘सहभागिता हो यौन सम्बन्ध ः गिभ एन्ड टेक’ भन्ने थियो ।मैले के भनेकी थिएँ भने सहभागिता त हो नै, साथै म्यासेज पनि के थियो भने अझै पनि लाखौं महिला छन्, जो लोग्नेसँग शारीरिक सम्बन्ध राख्न नचाहेको कुरा भन्न सक्दैनन् । नेपालमा मात्र होइन, दक्षिण एसियाकै महिलामा म एउटा योनि भएको वस्तु हुँ र मेरो लोग्नेले उपभोग गर्छ भन्ने छ ।मैले नाइँ भन्न पाउँछु, नाइँ भन्न सक्छु, नाइँ भन्दाभन्दै पनि जबर्जस्ती ग¥यो भने त्यसका लागि कानुन पनि छ भन्ने त धेरै परको कुरा हो ।

सम्मान गर्दा यसका राम्रा पक्षहरू पनि छन्, तर नेपालमा त एउटी स्वास्नीले आफ्नो लोग्नेसँग मन नलागेको भन्न पनि सक्दिनँ, यो कुरा सुधार हुनुपर्छ ।तपाईं महिला अधिकार र यौनका सम्बन्धमा महिला–पुरुष बराबरी सहभागिताको एड्भोकेसी गर्नुहुन्छ । एउटी महिलाका लागि ड्रिम यौन जीवन कस्तो हो त ?ड्रिम यौन जीवनको परिभाषा म दिन सक्दिनँ, मलाई थाहा छैन । यो हरेक मानिसपिच्छे फरक–फरक होला । अहिलेको अवस्थामा नेपाली महिलाहरूका लागि मन नलागेको दिन लोग्नेसँग सुत्न नजान ऊ स्वतन्त्र हुनुपर्छ ।जब ऊ स्वतन्त्र हुन्छे नि बल्ल त्यसपछि उसको ड्रिम के हो भन्ने कुरा आउँछ । जब कि यहाँ त सुत्नका लागि नै मन्जुरी छैन भने कसरी उसलाई मज्जा हुन सक्छ ? कसरी उसले प्लेजर पाउन सक्छे ?यौनजीवनका विषयमा कुरा गर्नै लजाउने हाम्रो जस्तो संकीर्ण समाजमा कमै महिलाले यौनमाथि कलम चलाउँछन् । तपार्इंमा त्यो आँट कहाँबाट आयो ?

म के भन्छु भने केटीमान्छे सबैभन्दा पहिले आफ्नो खुट्टामा उभिनुपर्छ, तबमात्र उसले आफ्ना बारेमा फैसला गर्न सक्छे । म गएको चार–पाँच वर्षदेखि लगातार लेखिरहेकी छु, कहीं म यौनका कुरा लेख्छु, कहीं महिला स्वतन्त्रताको कुरा ।म किन लेख्न सक्छु भने म आफ्नै पैसाले भाडा तिरेको घरमा बस्छु, म बिहान उठेर आफँले कमाएको पैसाले ब्रेकफास्ट खान्छु, दिउँसो लन्च पनि आफ्नै पैसाले गर्छु ।लक्किली मैले यो सव पाएँ । जब यौनका बारेमा लेख्नुपर्छ तब केटीमान्छेले झन् बढी कमाइ गर्नुपर्छ, यहाँ समाजले नचाहेको कुरा बोल्नु भनेको समाजबाट अस्वीकृत हुनु हो ।अस्वीकृत हुनु भनेको सपोर्ट नहुनु हो । बुबाको इच्छाअनुसार नचल्दा उहाँले खर्च दिनुहुन्न । दाइले सपोर्ट गर्न छाड्छ, किनभने उसको इच्छा बहिनी एकदमै साधारण होस्, भनेको मानोस् अथवा घरपरिवारले रोजेको केटासँग खुरुक्क जाओस् भन्ने हुन्छ ।

म त गइनँ, बरु दाइहरूको जस्तै मलाई पनि अंश चाहिन्छ भनेर बसे भने दाइबाट पनि अस्वीकृत भए । त्यसकारण मैलेजस्तै लेख्न चाहने अथवा यौन र स्वतन्त्रताको विषयमा लेख्न चाहनेले त पैसा कमाउन अझ जरुरी छ । पैसा कमाउनु भनेको आफ्नो खुट्टामा उभिनु हो ।जब मानिस आफ्नो खुट्टामा उभिन्छ भने उसले लेख्छ मैले त यो कुराको सुख पाए, सुविधा पाए, ज्ञान पनि पाए मैले पाएको ज्ञान अरूलाई किन नदिने भन्नेकुराका बारेमा उसलाई चेतना हुन्छ र भन्न सक्छ, लेख्न सक्छ । आफ्नो खुट्टामा नउभिएका कुनै पनि केटीले सेक्स, स्वतन्त्रता र आफ्नो पार्टनरका बारेमा कुरा गर्न सक्दैनन् ।महिलाको यौन स्वतन्त्रता पनि आर्थिक आत्मनिर्भरतासँग जोडिएको छ भन्न खोज्नुभएको हो ? हो, एकदमै जोडिएको छ । आर्थिक आत्मनिर्भरता पनि शिक्षासँग जोडिन्छ । अहिले २४ वर्षमा त अनिवार्य रूपमा विवाह गर्नुपर्छ ।

विवाह गरेपछि सन्तान जन्मिन्छन्, त्यसपछि स्याहार्नुप¥यो । कुनै कम्पनीमा काम गरिरहेको छ भने त्यसमा ब्रेक लगाउनुपर्छ । परिवारले बच्चा पाइसक्यौ अब अफिस नजाऊ, तिम्रो श्रीमान्ले कमाइहाल्छ भनेर फकाइन्छ । त्यसपछि उनले भएको काम पनि छोडछिन् ।जानी÷नजानी समाजले केटीमान्छेलाई अघि बढ्न दिँदैन, त्यस्तै केटीमान्छे पनि मलाई समाजले ठीकै गरेको त होला भन्ने भ्रममा बस्छन् । अहिले जे भैरहेको छ, न त्यसले केटीमान्छेलाई फाइदा गरेको छ न त केटाहरूलाई नै ।आफँ यति खुल्ला हुनुहुन्छ, लेखनमा पनि त्यत्तिकै खुला भएर पोखिनुहुन्छ । विवाह नहोला भन्ने तनाव भएन ? हो, मेरो एक जना नजिकको साथीले एकदमै रिसाएर गाली गर्दै अब तेरो विवाह हुने सम्भावना जिरो भयो भन्नुभा’थ्यो । उहाँले यस्तो लेखिसकेपछि कसैले पनि तसँग विवाह गर्दैन भन्नुभा’थ्यो,

तर विवाहका बारेमा म यति क्लियर थिए कि जो मलाई एउटा हेडलाइन देखेर विवाह गर्न आउँछ, त्योसँग मचाहिँ कहाँ विवाह गर्छु र म पनि विवाह गर्दिनँ । कमसेकम म त्यति लेख्दाखेरि पनि आफ्नो खुट्टामा उभिएकी थिए । हरेक लेखनमा आफ्नो खुट्टामा उभिएको छु भन्ने कुराले मलाई जाँगर दिन्थ्यो । मैले लेखिरहन सक्नुको कारण पनि त्यही हो ।तपाईंको लेखनका पाठक पुरुष बढी छन् कि महिला ? मेरो लेखनका पाठक पुरुषभन्दा बढी महिला छन् । केटीहरूले मलाई यति धेरै म्यासेज गर्छन् ।त्यसमध्ये एउटी बहिनीले मलाई म्यासेज गर्नुभएको थियो, ‘शीतल दिदी, म तपाईंलाई चिन्दिनँ तर मैले म्यासेज गरें । म तपाईका आर्टिकलहरू पढ्छु, पढिसकेपछि अन्तिममा तपाईंभित्र म छु कि जस्तो लाग्छ ।’ मैले त्यसको स्क्रिन सट नै राखेकी छु ।महिलाहरूको इमोसन कसरी टिपेर ल्याउनुहुन्छ लेखनमा ? मेरा साथीहरूमध्ये एक–दुई जनाको डिभोर्स भयो, एक–दुई जनाको वैवाहिक जीवन विवादमा बितिरहेको छ

भने एक–दुई जना अविवाहित नै छन् । म त्यो सम्मिश्रणमा छु । उनीहरूको गन्थन–मन्थन सुन्दा मलाई सुधार्नुपर्ने धेरै कुरा छन् जस्तो लाग्छ ।सुधार्ने प्रयास हुनु जरुरी छ जस्तो पनि लाग्छ । म एकदमै चेतनशील महिला हुँ । मसँग चेतना हुनु भनेको त्यसलाई म आफैंमा सीमित गर्नु हो जस्तो लाग्दैन, मसँग कुनै राम्रो कुरा छ भने मैले त्यो कुरा भन्नुपर्छ । अब भन्ने माध्यम लेखन नै हो ।भाग्यले पाठकहरूले मन पनि पराइदिनुभयो । हामी नेपाली महिलाहरू कस्तो अवस्थामा छौं भने न हामी आफ्नो शरीरका बारेमा कुरा गर्न सक्छौं, न रहरका बारेमा । हामीलाई तेरो शरीर यस्तो हो, तैले यस्तो गर्नुपर्छ भनेर बताइएको छ ।नेपाली केटाहरूको मनस्थिति कस्तो पाउनुभएको छ ? एकदम दुःखद कुरा भन्नुपर्छ, मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैनजस्तो लाग्छ मलाई ।

साँच्चै त्यस्तो अनुभव गर्नुभएको हो ? अँ साँच्चै । त्यो खालको चेतना मैले नेपाली केटाहरूमा फेला पारेकी छैन । भेट्छु, केही मानिसहरू भेट्छु तर अझै सुधार्नुपर्नेछ ।ऊ कही न कही अलमलिएको छ, मेरो कुरालाई लिएर ऊ अलमलिन्छ । एउटा केटा मसँग विवाहका लागि कुरा गर्न आएको थियो । उसको भनाइ यसअघि जे–जे भयो–भयो, अब लेख्न छोडिदेऊ न त भन्ने थियो ।जुन कुरा म कल्पना पनि गर्न सक्दिनँ । मैले उसलाई फिर्ता पठाइदिए । यदि यही अवस्था रह्यो भने मलाई त के घाटा लाग्ला केटाहरूलाई नराम्रोसँग घाटा लाग्छ । भन्नुको अर्थ मसँग विवाह गर्नुप¥यो भन्ने होइन, तर उनीहरूलाई धेरै सुधार्नुपर्ने जरुरी छ ।कस्तो यौन सम्बन्ध हुनुपर्छ ? मैले चाहेको साझेदारीपँर्ण यौन सम्बन्ध हो । त्यो पनि सहभागितापँर्ण अर्थात् साझेदारीमा हुने यौनसम्बन्धको कल्पना गरेकी हुँ मैले ।

कस्ता केटाले तपाईंलाई तान्छ ? म चेन्ज भैरहन्छु । म १७ वर्षमा जसलाई मन पराउँथे, त्यो केटासँग बसेर अहिले चिया पनि पिउन चाहदिनँ, २४ वर्षमा जसलाई मैले मन पराएँ त्यसलाई हेर्नै चाहदिनँ । २८ वर्षमा जसलाई मन पराए, त्योसँग छ–सात वर्षपछि मैले आएर कुरा गरें । यो बीचमा मैले चार–पाँच जना केटालाई मन पराएछु ।१७ वर्षदेखि ३६ वर्षको १९ वर्षको ग्यापमा मलाई चार जना केटा मन परे । अहिले फर्केर हेर्दा १७ वर्षको उमेरमा मलाई जुन केटा एकदमै मन पथ्र्यो, जसलाई म लुकीलुकी हेर्थें, अहिले त्यो केटा मेरो अगाडि आए पनि हेर्न चाहँदिनँ ।मलाई त्यो इच्छा नै छैन । १९ वर्षको अन्तरमा ममा यति धेरै चेन्ज आएकोछ भने अब म यस्तै खालको केटा मन पर्छ भनेर कसरी भनf}+तपाईंको ड्रिम ब्वाइ कस्तो हो ? मैले खाँटी कल्पना गरेको ड्रिम ब्वाइ त छैन, तर मलाई केटी मान्छेको अस्तित्व स्वीकार गर्ने पुरुष मन पर्छन् ।

अस्तित्व भनेको के ? अस्तित्व भनेको शरीर मात्र होइन, उसको निर्णयलाई स्वीकार गर्ने केटा मन पर्छ । म अहिले पनि तिमी आफँलाई सुधार भन्नेसँग चिया पिउदिनँ । म ३६ वर्ष उमेर पुगेको, पढेलेखेको, जागिर खाएको अनि राम्रो चेतना भएको मान्छे हुँ ।मलाई आज आएर कुनै पनि केटाले सुधार्न सक्दैन । उसले सुधार भन्छ भने ऊ गलत हो । म उसलाई भन्छु, तिमीलाई सुधार्नुपर्नेछ, तिम्रो मानसिकता गलत छ । मलाई मेरो अस्तित्व स्वीकार गर्ने पुरुष मन पर्छ ।शारीरिक सुन्दरताले आकर्षिक गर्छ ? यसमा केटीमान्छे र केटामान्छेको भावना फरक हुन्छ । आजसम्म हामी केटी मान्छेले के बुझेका छौ भने केटामान्छेलाई केटी भए पुग्छ । केटाहरूले के भन्छन्, थाहा छैन ।

हामी सामान्यतः केटालाई केटी भए पुग्छ भन्छौं । मैले भनेको केटालाई केटी भएर पनि पुग्दैन, केटीलाई केटा भएर पनि पुग्दैन ।प्रेम हुनुप¥यो, सम्मान हुनुप¥यो । एक–अर्काको प्रगतिमा रमाउन सक्ने हुनुप¥यो । त्यसपछि कुनै सम्बन्ध हुन्छ भने त्यहाँ शरीरको कुनै महत्व हुँदैन । त्यो दुई जनाबीचमा त आत्माको प्रेम हुन्छ ।आत्माको मिलन हुन्छ, जब आत्ममिलन हुन्छ दाह्री भए÷नभएको, अग्लोहोचो भन्ने प्रश्नै हुँदैन । मैले गर्ने प्रेममा त्यहीं हो । म कुनै केटाको अनुहार हेरेर प्रेम गर्ने केटी होइन, म आत्मालाई प्रेम गर्ने मान्छे हुँ ।विवाह कहिले गर्नुहुन्छ ? विवाहका बारेमा पनि मेरो आफ्नै धारणा छ । विवाह गराइने कुरा होइन, हुने कुरा हो । विवाह बन्धन होइन । हाम्रो चलनमा जुन विवाह भन्ने संस्था छ, त्यसलाई करेक्सन गर्नुपर्छ ।

जबसम्म यो विवाह भन्ने संस्था सुध्रिँदैन, तबसम्म मलाई विवाह गर्ने इच्छा छैन र म गर्दिनँ पनि । मलाई विवाहका रूपमा चलिरहेको संस्थाप्रति भरोसा छैन । मलाई भरोसा हुन यो चलन सुध्रिनुप¥यो ।के सुधार आवश्यक छ विवाहमा ? विवाह कसैले गराइदिएर हुने कुरा होइन, विवाह आफैं हुने हो । ३२ वर्ष पुगेको केटालाई केटी खोजेर तपाईंले विवाह गराउन सक्नुहुन्छ ?त्यो उमेरको केटाले आफ्नो विवेकले जुन केटीसँग जीवन बिताउन चाहन्छ, जुन केटी मन परेको हुन्छ, जो केटी उसले स्वीकार गरेको हुन्छ त्यसैसँग विवाह हुने हो ।नचिनेको मान्छेसँग साँझ गएर शारीरिक सम्बन्ध राख्ने हामी कस्तो संस्थामा बसिरहेका छौं ? अहिले पनि हाम्रो वरपर कसरी विवाह हुन्छ भने केटाकेटीले एकपटक भेटेका हुन्छन्, विवाहको फैसला बाबुआमाले गर्छन् ।त्यसपछि इन्गेजमेन्ट हुन्छ । विवाहको रात गएर उनीहरू सँगै सुत्छन् । कसरी गर्न सक्छन् त्यस्तो ? विवाह भन्ने संस्थामा त्यही कुरा सुधार्नुपर्छ ।जुन मानिससँग जिन्दगी बिताउनु छ, त्यो मान्छेलाई के मन पर्छ÷के पर्दैन, साकाहारी हो कि मांसहारीजस्ता आधारभँत कुरा नसोधी राति त्यो मान्छेसँग गएर सुत्नुपर्छ र लुगा खोल्नुपर्छ ।

यो भन्दा झुर कुरा के होला ? जुन मानिसलाई जिन्दगी बिताउनेको भावना थाहा छैन, जात, पढाइ, गोत्र मिलेको त हुन्छ तर सबैभन्दा मिल्नुपर्ने त मन हो, मन मिल्नुप¥यो नि । सबै कुरा मिलाउँछन्, तर मन मिल्ने नमिल्ने कसैलाई थाहा हुँदैन । हामीलाई विवाह भन्ने संस्था चाहिन्छ, तर सुधार गरिएको विवाह संस्था त चाहिन्छ ।मागी विवाह खारेज गर्नुपर्छ, लभ म्यारिजलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हो < मागी विवाहका फाइदा भनिदिनुहोस् न त, मैले लभ म्यारिजलाई प्रोत्साहित किन नगर्ने  <परिवारले उनीहरूको भविष्य सुनिश्चित गरिदिएको हो भनिन्छ नि त  < जसको वर्तमान नै राम्रो हुँदैन, उसको फ्युचर कसरी राम्रो हुन्छ ? त्यस्तो कुरा गरेर हुन्छ, हामीले त वर्तमानमा बाँच्न सिक्ने हो ।वर्तमान राम्रो भएपछि पो भविष्यको योजना बनाउन सकिन्छ । विवाह गर्ने केटी–केटी कस्ता छन् एक–अर्कालाई थाहै छैन, उनीहरूले कसरी भविष्यको योजना बनाउँछन्, बरु अहिले पनि हामीभित्र छँवाछुत देखिन्छ । अहिले पनि बाहुनले क्षेत्रीसँग लभ गरेर विवाह गर्न झगडा गर्नुपर्ने अवस्था छ । हामी त जात हेरेर विवाह गर्छौं, बाउको सम्पत्ति हेरेर विवाह गर्छौं, केटाको सर्टिफिकेट हेरेर विवाह ग5f}{  ।केटी कति राम्री छे, कति लामो कपाल छ, कतिको सर्लक्क परेकी छे, भोलि घरमा आएर काम गर्न सक्छे कि सक्दिन जस्ता कुरा हेरेर विवाह गर्छौं ।मेरी प्रेमिका हो, प्रेमी हो भनेर कसले खोजेको छ र  < यहाँ त लोग्नेस्वास्नी खोज्या छन् । घरपरिवार र गाउँले मिलेर विवाह गरिदिन्छन्, सँगै बस्छन्, अनि सन्तान हुन्छन् ।हामीले जीवन नै कहाँ जिएका छौं, हामीले त केवल विवाह भन्ने संस्था जोगाइदिइरहेका छौं । भनेपछि, नेपालीहरूको यौनजीवन खुसी छैन  < अहँ, म त देख्दिनँ । मेरो आँखाले सुख देख्दै देख्दैन, केवल निराशा मात्र छ ।

चर्चामा

सम्बन्धित समाचार