• होमपेज
  • बाजुरा बिशेष
  • गोठमै ज्यान गुमाउछन् शिशु

गोठमै ज्यान गुमाउछन् शिशु

  • शनिबार, जेष्ठ ४, २०७६
गोठमै ज्यान गुमाउछन् शिशु

प्रकाश सिह.
बाजुरा, ४ जेठ
हिमाली गाँउपालिका ६ धिम बस्ने पुल्तिसरा सार्कीले ५ वटा बच्चा गोठमा जन्माईन् । ५ बच्चा मध्ये २ वटा बच्चा गोठमै मृत्यु भयो । बच्चा पाएको एक महिना सम्म गोठमा बस्दा चिसोका कारण दुईवटा बच्चाको मृत्यु भएको पुल्तिसराले वताईन् ।
त्यस्तै सोहि गाँउककी रेला रोकायाको बच्चा जन्माएको एक महिना नपुग्दै शिशुको मृत्यु भएको छ । बच्चा गोठमै पाए, गोठमै बस्दा चिशोले होकी अरुले बच्चा मरेको वताईन् । बच्चा पाएको बेला घरमा बस्न दिदैन गोठमा बस्दा आफु जस्तै गाँउमा धेरै महिलाको बच्चाको मृत्यु हुने गरेको वताईन् । एकातिर कडा काम गर्नु, पर्ने अर्को गोठमा बस्नु पर्ने कारणले होला धेरै शिशुको मृत्यु हुने गरेको हिमाली गाँउपालिका ४ रुगिन बस्ने सरस्वती बुडथापाले वताईन् ।
हुम्लाको ताजाकोट गाँउपालिकाको मैलाकि दुधारी धामिले पनि ३ बच्चाको जन्म दिईन् । ति मध्ये दुइ बच्चाको एक महिना नपुग्दै गोठमा मृत्यु भएको वताईन् । गोठमा बस्दा एकातिर बच्चाको ज्यान खतरा हुने भने अर्को तिर आफुहरु पनि जोखिममा हुने गरेको उनले वताईन् । बाजुराको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमि प्रेमकला मल्लले भनिन् दुर्गममा गाँउमा धेरै शिशुहरु गोठमै मर्ने गरेको बताईन् । सुत्केरी भएको देवि देउता रिसाउन भन्दै घरमा बस्न नदिने एक महिना सम्म गोठ बस्नु पर्ने बाध्यताले शिशु मृत्युदर धेरै रहेको मल्लले वताईन् ।
गोठमै बच्चा जन्माउने र गोठमै एक महिना सम्म बस्ने भएकाले बच्चा मर्ने गरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गोठमा बस्दा निसास्निे र अन्य रोगको संक्रमणका कारणले मृत्यु हुने गरेको जिल्ला अस्पतालमा कार्यरत सिनेर अहेब रामचन्द्र यादबले वताए । गाँउमा धेरै मृत्यु भएको तथ्याङ्क नआएपनि जिल्ला स्वास्थ्य कार्यलय रेकर्डमा पनि २८ दिन भित्र गोठमै धेरै शिशु मृत्यु हुने गरेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयका तथ्याङ्क शाखाका रुगम थापाका अनुसार आर्थिक बर्ष जन्मेको २८ दिन भित्र आर्थिक बर्षमा ०७४।०७५, १८ जना शिशुको मृत्यु भएको छ । त्यस्तै ०७३।०७४ १७ जना ०७२।०७३ मा ६९ जनाको शिशुको मृत्यु भएको बताए । त्यस्तै ०७१।०७२ मा ८३ जना र ०७०।०७१ मा २४ जना शिशुको मृत्यु भएको तथ्याङ्क रहेको छ । यो त स्वास्थ्य चौकी बाट आएको तथ्याङ्क मात्र हो तर गाँउमा मृत्यु भएको कतिको रेर्कड नआउने गरेको थापाले वताए । गोठमै बस्ने भएकाले बाजुरामा धेरै शिशु मृत्युदर रहेको कार्यलयले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार