मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आशाकाे जीवन सुख र दुख

आशाकाे जीवन सुख र दुख

  • शनिबार, जेष्ठ ४, २०७६
आशाकाे जीवन सुख र दुख

यस्तै छ जीवन सुख र दुखमा चल्या छ ए साथि ।

चल्दैछ पनि खै कता कता ढल्या छ ए साथि ।।

चाल्दैछु पाईला साेचेकाे ठाउमा पुग्छुकी पुग्दिन ।

मनमा सानाे आशाकाे  दियाे बाल्या छ ए साथि ।।

जीवनमा ठुलो कर्म हो भन्छन् मान्छु त्याे सत्य हो ।

तर कर्मकाे फल खै कुन्नी कहा फल्या छ ए साथि ।।

झस्कन्छु कहिले मान्छेकै भिडलाई अनाैठाे ठानेर ।

भूत प्रेत हाेईन मान्छेकै जातले छल्या छ ए साथि ।।

आशा कुमारी थापा

बुढिग‌गा नगरपालिका २ बाजुरा

 

चर्चामा

सम्बन्धित समाचार