शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रथम बाजुरा महोेत्सव आजदेखी सुरु, मुख्यमन्त्रीद्धारा उद्धघाटन

प्रथम बाजुरा महोेत्सव आजदेखी सुरु, मुख्यमन्त्रीद्धारा उद्धघाटन

  • शुक्रबार, जेष्ठ ३, २०७६
प्रथम बाजुरा महोेत्सव आजदेखी सुरु, मुख्यमन्त्रीद्धारा उद्धघाटन

लक्ष्मीराज पाध्याय
बाजुरा ३ जेठ
प्रथम बाजुरा महत्सव आजबाट सूरु भएको छ । बाजुरामा बाजुरा उद्योग बाणिज्य संघको आयोजनामा महत्सवको आयोजना गरिएको हो । प्रथम बाजुरा महत्स्वको उद्धघाटन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका छन् ।
कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा संचालन हुन लागेको प्रथम बाजुरा महोत्सवको पुरै ७ दिन सम्म मनोरन्जन लागायत बिबिध कार्यक्रमको आयोजना गरिने बाजुरा उद्योग बाणिज्य संघले बताएको छ । बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक संचालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेका छन भने राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुरा महोत्सवको मुख्य प्रायोजक रहेको छ । महोत्सव अवलोकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारणहरूको स्वागतका लागि सदरमुकाम मार्तडीमा ५ वटा स्वागत गेट राखीएका छन् । त्यस्तै दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थलभित्र १ सय बढी स्टल राखिएका छन् महोत्सव स्थलभित्र दर्शकहरूलाई रमाउनका लागि पिङ समेत राखिएको छ । प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको उद्योग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् । महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिने आयोजकले बताएको छ । सात दिनसम्म संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक उद्योग बाणिज्य संघले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार