शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुराको पर्यटनको बिकासमा आबस्यक बजेटको ब्यबस्था गर्ने : मुख्यमन्त्री भट्ट

बाजुराको पर्यटनको बिकासमा आबस्यक बजेटको ब्यबस्था गर्ने : मुख्यमन्त्री भट्ट

  • शुक्रबार, जेष्ठ ३, २०७६
बाजुराको पर्यटनको बिकासमा आबस्यक बजेटको ब्यबस्था गर्ने : मुख्यमन्त्री भट्ट

बडीमालिका खवर
बाजुरा ३ जेठ
बाजुरा महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले आफु पहिलो पटक बाजुरा पुगेको बताउँदै बाजुराको विकासका लागि प्रदेश सरकार सक्रिय रहेको बताए ।
बाजुरा जिल्ला पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको बिकास आबस्यक रहेको मुख्य मन्त्री त्रिलोचन भट्टले बताए । बाजुरा जिल्लामा रहेको बडीमालिका, बुढीनन्दा लगायत बिभिन्न पर्यटकीय क्षेत्रको बिकास मात्र गर्ने हो भने बाजुरा आर्थिक रुपमा सम्पन्न हुने मुख्य मन्त्री भट्टले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री भएपछि पहिलो पटक बाजुरा पुगेका हुन् । बाजुरा महोत्सव उद्धघाटनका लागि मात्र मुख्यमन्त्री भट्ट बाजुरा सदरमुकाम मार्तडी पुगेका हुन् । मुख्यमन्त्री भएको १५ महिना पुग्नै लाग्दा समेत अहिले सम्म मुख्यमन्त्री भट्ट बाजुराका कुनै पनि कार्यक्रम र अन्य कामका लागि पुग्न सकेका थिएनन् । मुख्यमन्त्री भएपछि पहिलो पटक जिल्लामा पुग्दा जिल्लावासीको अवस्था बारे बुझ्न समेत पाएकाले अव प्रदेश सरकारले बाजुरेली जनताका लागि पनि विशेष कार्यक्रम ल्याउने बताए । मानव विकास सुचाङकमा ७७ औँ जिल्लामा पर्ने बाजुरा जिल्लको सदरमुकाम मार्तडी सम्म नै पक्की सडक पुगेपनी यसले जिल्ला सबै समस्या हल नहुने बताएका छन् । जिल्ला सबै स्थानिय तहलाई आफ्नो पालिकामा आबस्यकता के हो त्यसको बिवरण प्रदेशमा पठाए प्रदेशले बजेटको ब्यबस्थापन गर्ने मुख्य मन्त्री भट्टले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार