• होमपेज
  • बाजुरा बिशेष
  • उच्चमाबि नहुँदा बालविवाह गर्न बाध्य

उच्चमाबि नहुँदा बालविवाह गर्न बाध्य

  • शुक्रबार, जेष्ठ ३, २०७६
उच्चमाबि नहुँदा बालविवाह गर्न बाध्य

प्रकाश सिंह
बाजुरा, ३ जेठ
साबिकको बिच्छँया गाबिस तथा हिमाली गाँउपालिका १, २ र ३ मा उच्चमाबि नहुँदा धेरै छात्राहरु पढाइ छाडेर वालविवाह गर्न बाध्य भएका छन् । हिमाली गाँउ पालिका २ बस्ने कबिता बोहोरा एसईइ पास भइन् । तर साबिकको बिच्छँया गाबिस भरी उच्च माबि नभएपछि उनले त्यो भन्दा माथिको शिक्षा बाट बञ्चित भइन् । पढन नपाउने भएपछि उनले १६ बर्षको उमेरमै बिवाह गरीन् । पढन बिद्यालय छैनन्, बाहिर पढन जाने आर्थिक अबस्था कमजोर भएकाले बाध्य भएर बिहे गरेको कबिता बोहोराले वताईन् ।
उच्च माबिको शिक्षा नहुँदा साबिकको बिच्छँया गाबिसमा वालविवाह पनि बढदो रहेको छ । एउटा कारण उच्च शिक्षा पढने ब्यबस्था नहुनु हो । हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढा भन्छन्, कक्षा १० सम्म त जेनतेन पढने गरेका छन् । त्यसपछि टाढा पढन जान सक्दैनन्, त्यपछिको पाटो विवाह गर्ने रहेको बताँउछन् ।
वडा नम्बर ३ बौडी बस्ने सुन्तला बोहारा उच्च शिक्षा नपाएर विवाह गर्नु परेको वताउछँन् । पढन जानलाइ घरकाले पठाएन्, अनि के गर्ने त विवाह त गर्नै परेको उनले वताईन् । आफु जस्तै गाँउका धेरै केटिले बिहे गरेको वताईन् । त्यति मात्र हैन सुन्तला भन्छन्, अहिले सम्म १८ बर्ष पहिला नै बिहे गरीसकेका छन्, चाडै बिहे गर्ने र कलिलो उमेरमा बच्चाको आमा हुने गरेको उनले वताईन् ।


कोट गाँउमा पनि त्यहि रहेको छ । स्थानिय धनमल बोहोरा भन्छन्, चाडै बिहे गर्नेको संख्या धेरै छ, २० बर्षको उमेरमा दुई तिन बच्चा सम्म जन्माईसकेको हुन्छन्, । ढिलो बिवाह गर्नु पर्छ भन्ने चेतना समेत छैन्, अर्को उच्च शिक्षा पढन समस्या छ, धनमलले थपे । सदरमुकाम मार्तडी बाट निकै टाढा रहेको यो ठाँउमा राज्यको पहुँच भन्दा बाहिर नै रहेको छ । सदरमुकाम पेरिफेरीमा वालविवाह लगायत अन्य सामाजिक अभियान सञ्चालन भएपनि यो ठाँउमा भने कुनै अभियान हुदैनन्, सदरमुकाम मार्तडी पुग्न एक साता सम्म लाग्ने गरेको छ । हिमाली गाँउपालिकाको कार्यलय धुलाचौर पुग्न दुई दिन सम्म लाग्ने गरेको छ ।
२०७४ सालमा ६२ जना बिद्यार्थीले एसईइ परिक्षा दीए । त्यसमा २४ जना छात्रा थिइन् । ति मध्ये ३ जना मात्र बाहिर पढन गएको बाकि सबैलो बिद्यालय छोडेको वडा नम्बर १ वडा अध्यक्ष लालजित थापाले वताए । प्राय धेरैले बिहे समेत गरिसकेको उनले वताए । २०७३ सालमा पनि १६ जना छात्र मध्ये २ जनाले मात्र उच्च शिक्षा पढिन्, बाकिले बिद्यालयनै छोडेनु परेको छ ।
हिमाली गाँउपालिका १, २ र ३ मा करिब ३६ सय जनसंख्या छ । माबि एउटा छ, उच्च माबि एउटा पनि छैन् । भौगोलिक बिकटताले निकै बिकट रहेको बिच्छँया बाट एसईइ पछि कक्षा ११ र १२ पढन तिन दिन टाढा रहेको बुढिन्नदा नगरपालिकामा रहेको जनप्रकाश उमाबि र मुगुको रातापानि जानु पर्ने बाध्यता रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । केटाहरु त डेरा गरेर पढने, जाने गर्छन्, छात्राहरु भने एसईइ पास पछि ९० प्रतिशतले बिद्यालय छोडने गरेको मल्लले वताए ।

चर्चामा

सम्बन्धित समाचार