शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अनुहारमा चाउरी पर्न नदिन अप्नाउनुहोस् यी टिप्स

अनुहारमा चाउरी पर्न नदिन अप्नाउनुहोस् यी टिप्स

  • बिहिबार, जेष्ठ २, २०७६
अनुहारमा चाउरी पर्न नदिन अप्नाउनुहोस् यी टिप्स

एजेन्सी । चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ ।
जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ । तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।

दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।

घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।

साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ ।जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्ने। १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस्। नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ।

कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस। अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ।लामो समयसम्म सिरानीमा अनुहार पारेर नसुत्नुहोस्। बरु सदा उत्तानो पर्नुहोस, ताकी अनुहारको कोषमा केही अशर नपुगोस्।
स्रोत: Dainik Online

चर्चामा

सम्बन्धित समाचार