शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम बाजुरा महाेेत्सवकाे तयारी पूरा

प्रथम बाजुरा महाेेत्सवकाे तयारी पूरा

  • बिहिबार, जेष्ठ २, २०७६
प्रथम बाजुरा महाेेत्सवकाे तयारी पूरा

मदन विक
बाजुरा २ बैशाख
बाजुरामा बाजुरा उद्याेग बाणिज्य संघले अायाेजना गर्न लागेकाे प्रथम बाजुरा महाेत्सबकाे तयारी पुरा भएको छ । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासकाे अाधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा संचालन हुन लागेकाे प्रथम बाजुरा महाेत्सवकाे तयारी पूरा भएकाे बाजुरा उद्योग बाणिज्य संघले जनाएकाे छ। बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक संचालन गर्न लागेकाे महाेत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेका छन भने राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुरा महाेत्सवकाे मुख्य प्रायाेजक रहेकाे छ । महाेत्सव अवलाेकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारणहरूकाे स्वागतका लागि ५ वटा स्वागत गेट तयार पारिएका छन् । त्यस्तै दर्शकहरूले अवलोकन गर्नका लागि महाेत्सव स्थलभित्र १ सय बढी स्टल राखिएका छन् महाेत्सव स्थलभित्र दर्शकहरूलाई रमाउनका लागि पिङ समेत राखिएकाे छ । प्रथम बाजुरा महाेत्सवले बाजुराकाे कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराकाे विकास र समृद्धि गर्न टेवा पुग्ने अाशा राखिएको उद्याेग बाणिज्य संघका अध्यक्ष देब बहादुर राेकायाले वताएका छन् । महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गरिने छन् । सात दिनसम्म संचालन हुने महाेत्सबमा बाजुराबासीलाई भरपुर मनाेरन्ज दिन स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुकाे समेत प्रस्तुति रहने छ अायाेजक उद्याेग बाणिज्य संघले बताएकाे छ ।बाजुरा उद्याेग बाणिज्य संघले बाजुरा जिल्लामा पहिलो पटक अायाेजना गर्न लागेको महोत्सवकाे उद्घाटन सदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलाेचन भट्टले गर्ने कार्यक्रम रहेकाे बाजुरा उद्याेग बाणिज्य संघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार