• होमपेज
  • बाजुरा बिशेष
  • डेरी एण्ड बे्रकरी उद्योग सञ्चालनमा

डेरी एण्ड बे्रकरी उद्योग सञ्चालनमा

  • बुधबार, जेष्ठ १, २०७६
डेरी एण्ड बे्रकरी उद्योग सञ्चालनमा

नन्दा थापा
बाजुरा १ जेठ
जिल्लामा पहिलो पटक डेरी एण्ड ब्रेकरी उद्योग सञ्चालनमा आएको छ । बडीमालिका नगरपालिका २ घागर निवासी कर्ण बहादुर महतले आफ्नै ७ लाख बराबरको लगानीमा जिल्लामा पहिलो पटक उद्योग सञ्चालनमा ल्याएका हुन् । डेरी तथा ब्रेकरी उद्योगको आज एक कार्यक्रमका विच संविधान सभाका पुर्व माननिय सांसद बसुन्धरा रोकाया र बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । र उद्घाटन गरिएको छ ।
संविधान सभाका पुर्व माननिय सांसद बसुन्धरा रोकायाले मार्तडी बजारमा भनेको समयमा दुध नपाईने भएका कारण डेरी सञ्चालनमा ल्याउदा महतलाई बधाई दिनु भएको छ । नगरप्रमुख पदम बडुवालले बजारमा पाईने जङक फुडलाई विस्तापित गर्ने गरी उद्योगलाई सञ्चालन गर्न सुझाव दिनुभएको छ ।


डेरी तथा बेकरी उद्योग सञ्चालन गर्न लागि केही महिना अगाडी नै देबहादुर महत तालिममा पठाईएको उद्योगी कर्ण महतले बताउनु भएको छ । देबबहादुर महतलाई कालीगणको तालिम दिईसकेपछि मार्तडीमा उद्योग सञ्चालन गरिएको उहाँले बताउनु भएको छ । उद्योगमा दुध र बेकरी मात्र नभएर वर्थ डे का लागि केक, पाउरोटी, खास्ता, टोस्ट, ब्रेड, क्रिम रोल, चुच्चे, माछा, चेरी, कपसेट केक, चकलेट मार्तडी बनाईने कालीगड देबशादुर महतले जानकारी दिनुभएको छ ।
यो भन्दा पहिला विभिन्न दुध सम्वधिका सामान मार्तडीमा नपाईने भए पनि अब डेरी एण्ड बेकर उद्योगले जिल्लामै उत्पादन गर्ने भएपछि होटल व्यवसायिले डिलरको रुपमा विक्रि वितरण गर्न सुझाव दिएका छन् । उद्घाटन कार्यक्रममा शुभचिन्त, आफन्त लगायत होटल व्यवसायिहरुको सहभागिता रहेको थियो । डेरी एण्ड बेकरी उद्योग रा.बा. बैक पछाडी राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार