• होमपेज
  • समाचार
  • फास्ट ट्रयाकमा पर्ने काठमाडौंका ४५ परिवारलाई मुआब्जा लिन आउन १५ दिने सूचना

फास्ट ट्रयाकमा पर्ने काठमाडौंका ४५ परिवारलाई मुआब्जा लिन आउन १५ दिने सूचना

  • बुधबार, जेष्ठ १, २०७६
फास्ट ट्रयाकमा पर्ने काठमाडौंका ४५ परिवारलाई मुआब्जा लिन आउन १५ दिने सूचना

काठमाडौं । काठमाडौं तराई मधेश द्रुत मार्गमा पर्ने ४४ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौ.ले मुआब्जाका लागि आज एक सूचना प्रकाशित गरेको छ ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको गत फागुन ४ गतेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज मुआब्जा लिन आउन काठमाडौँको साविक भीमसेन स्थानका नागरिकलाई आग्रह गरेको छ ।विगतमा मुआब्जामा सूचीकृत नभएका आयोजना प्रभावितलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाली सेनाको मुख्याल जंगी अड्डामा निवेदन दिन सूचित गरिएको छ ।

काठमाडौं, तराई मधेश द्रुर्तमार्गको कार्यालय नेपाली सेनाको मुख्यालयमा रहेको छ । नेपाली सेनाको संयोजनमा निर्माण भइरहेको सो आयोजनाको हाल प्रारम्भिक काम भइरहेको छ । सेनाले कोरियाली कम्पनीको सहयोगमा निर्माण भइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । रक्षा मन्त्रालयले डिपिआर स्वीकृत गरिसकेको छ ।विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृति भएको भएपनि सार्वजनिक जानकारीका लागि तथ्य तथ्यांक सार्वजनिक भएको छैन ।काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेखित भएका व्यक्तिलाई आफ्नो कागजात सहित सम्पर्क गर्न हुन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार