• होमपेज
  • खेलकुद
  • आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा

आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा

  • बुधबार, जेष्ठ १, २०७६
आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा

इण्डियन प्रिमियर लीग (आइपीए) को यो सिजनको उपाधि मुम्बई इण्डियनले जित्यो। भारतीय ढनाड्य मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बईले फाइनलमा अघिल्लो संस्करणको विजेता चेन्नाई सुपरकिङ्लाई एक रनले हराउँदै उपाधि उचाल्यो। सन् २०१३ मा पहिलो पटक उपाधि जितेको मुम्बईले त्यसपछि हरेक २ वर्षमा उपाधि हात पार्दै आएको छ। सन् २०१५ मा दोस्रो पटक विजेता बनेको मुम्बईले २०१७ मा पनि उपाधि आफ्नो पोल्टामा पार्यो। चौथो पटक विजेता बनेको मुम्बईको हरेको खेल हेर्नका लागि भारतीय व्यापारी मुकेश अम्बानीकी श्रीमती निता उपस्थित हुन्थिन्।

फाइनल खेलमा पनि अम्बानी पत्नी निता आफ्नो टिमले खेल जितोस भनेर हरेक ओभरमा कामना गरिरहेकी हुन्थिन्। अन्तत: मुम्बईले नै उपधि उचाल्यो। उपाधि हातपारेपछि जितको हरेक खुसीमा निता सहभागी भइन्। निता ट्रफी लिएर सडकमा पनि निस्किएकी थिइन्। यस्तै निताले टिमले हात पारेको ट्रफी बोकेर गणेश, विष्णु भगवानको पाउमा राख्दै ब्राह्मणहरुको मन्त्रोचारणसहित प्रार्थना पनि गरेकी छन्।

चर्चामा

सम्बन्धित समाचार