लक्ष्मण जोशी
वि.स.२०७२ मा पाल्पाको मदन पोखरा पुग्दा मदन पोखराले गरेको विकासका बारेमा चासो राखेको थिए । बाजुराको जस्तै हावा,पानी,माटो र भौगोलिक अवस्था भएकोले त्योे ठाँऊको विकास कसरी सम्भव भएको होला ? भनेर सोद्धा घण्ट प्रशाद आर्चायले एकै शब्दमा उत्तर दिनु भएको थियो । “मानिसले ठाँऊ बनाउने हो,ठाँऊले मानिस बनाउने होइन” यहाँका मानिसहरु श्रमलाई सम्मान र्गछन् । आफु जहाँ गए पनि आफ्नो गाँऊलाई बिर्सिदैनन,आ–आफ्नो ठाँऊबाट सक्दो सहयोग गरेका कारण देश,बिदेश बाट मानिसहरु हाम्रो मेहनेत र परिश्रमलाई हेर्न आँउछन ।
बाजुराका जेरा,कोल्टी र कुलदेबमाण्डौलाई प्रकृति दिएको उपहारका रुपमा लिन सकिन्छ । समुदायको विकास प्रति सकारात्मक सोच,सहयोग र नेतृत्वले निस्वार्थ भावनाले काम गर्ने हो,भने विकास गर्न समय र धेरै स्रोतको आवश्यकता पर्ने देखिदैन । स्वामीकार्तिक गाउपालिकाका अन्य वडाहरुमा रातदिन उज्यालो भइरहँदा जेराका वालवालिका दियालोको भरमा पठनपाठन गरिरहेकोछन । अभिभावकलाई मोवाइल चार्ज गर्न वाई जाँनु पर्ने अवस्थाछ । खानेपानीको मुहान विवादका कारण दाताको पैंशा खर्च हुन सकिरहेकोछैन । गाँउलेहरु खोलाको पानी पिउन बाध्यछन । विद्यालयको भौतिक र शैक्षिक अवस्था सन्तोष जनक देखिदैन । वि.स.२०६४ मा संचालन भएको खालीखोला जलविद्युत योजना अलपत्र अवस्थामाछ । हाट बजार सरे संगै बिजुलीको समान सार्दै गइरहेकोछ ।
भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर जनताको जिवनस्तरमा सुधार गर्ने लक्ष्यका साथ अगाडी बढीरहेको बुढीनन्दा नगरपालिकाले आ.व.२०७४÷०७५ मा खानेपानी तथा सररफाईमा ६८ वटा योजनाका लागि २ करोड ९६ लाख,२०७५÷०७६ मा ५१ वटा योजनाका लागि २ करोड ३३ लाख विनियोजन गरेकोछ । आ.व.२०७४÷०७५ फोहोरमैला तथा ढल व्यवस्थापनर डम्पिङ साइड निर्माणका लागि ४३ लाख र २०७५÷०७६ मा काला पहडा दलित बस्ती ढल निमार्ण पहेलसेराका लागि २ लाख विनियोजन गरेकोछ । आ.व.२०७४÷०७५ मा ९ वटा जलविद्युत योजनामा ८६ लाख र आ.व.२०७५÷२०७६ मा १२ वटा योजनाका लागि ५७ लाख विनियोजन गरेकोछ । आ.व.२०७४÷०७५ मा स्थानिय सडक निमार्ण ३४ वटा ३ करोड ४८ लाख ७५ हजार र आ.व.२०७५÷२०७६ मा २८ वटा सडक निमार्णका लागि २ करोड ७० लाख ५० हजार विनियोजन गरेकोछ । आ.व.२०७४÷२०७५ मा संस्कृति प्रबद्र्धन (५७ मन्दिर,निमार्ण,माणु निर्माण,मर्मत र घेरवार ) ८३ लाख ८३ हजार र आ.व.२०७५÷२०७६ संस्कृति प्रबद्र्धन लागि १७ वटाका लागि २१ लाख ५० हजार र पर्यटन प्रर्बद्धनका लागि ३ वटा १८ लाख,पर्यटन प्रबद्र्धनका लागि २० लाख र संसद विकास कोषको २० लाख रकम पर्यटन प्रर्बद्धन र धार्मिक स्थलहरु (माणु,मन्दिर र देवालय) निमार्णमा विनियोजन गरिएकोछ ।
आ.व.२०७५÷२०७६ मा प्रदेश सरकार बाट ३५ करोडमा २१ करोड प्रदेश“क”मा र १४ करोड प्रदेश “ख” मा विनियोजनमा गरिएकोछ । विनियोजन गरेको बजेट जनताको आवश्यकता भन्दा आसे,पासे,आफु निकट र आ–आफ्ना स्थानिय तहमा बढी विनियोजन हुनु विडम्बना हो । बुढीनन्दा नगरपालिकामा १४ करोड र अन्य ३ वटा तहमा ७ करोड विनियोजन गरेको देखिन्छ । जनसंख्या,भुगोल,लागत इष्टमेट,मतदाता र जनताको आवश्यकतालाई ध्यानमा राखिएको पाँइदैन । बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत संगको भेटमा नगरपालिकामा आ.व.२०७५÷२०७६ मा मात्र चार सय भन्दा बढी भौतिक पुर्वाधारका योजना संचालनमा रहेकाछन । बाहिर बाट अनुगमन गर्न आएमा देखाउन लाएक योजना बनेका छैनन । भुक्तानी नदिऊ जन प्रतिनिधि र राजनीतिक दलको धम्की दिंऊ जागिर जोखिममा । कर्मचारीका लागि काम गर्ने वातावरण नै छैन । बिगत २ बर्षका योजनाहरुको संख्या हेर्ने हो,भने बनाउन बाँकी केहि देखिदैन । बनाएका सडकमा खच्चड पनि हिडदैनन भने जीप चल्ने सडक सम्पन्न गर्नका लागि हिमाली गाँऊपालिकाले रु १० लाख सहयोग गरे पश्चात बाटो संचालनमा आएकोछ । कोल्टीमा खानेपानी,विजुली,ढलनिकास र विद्यालयको बारेमा विद्युतिय र छापा पत्रपत्रिकामा समाचारहरु दिन प्रतिदिन आइरहेकाछन ।
वि.स.२०५७ सालमा ग्रामिण उर्जा विकास कार्यक्रमले बड्डीगाढ लघु जलविद्युत योजनाको काम संचालन गरे पश्चात लागत इष्टमेट भन्दा तिन गुणा बढी रकममा २०६८ सालमा बिजुली बलेको थियो । जसको नेतृत्व गोरख बहादुर मल्ल र अंगलाल रेग्मीले गर्नु भएको थियो । वि.स.२०७६ सम्म आइपुग्दा बङीगाढ लघु जलविद्युत योजनाको विद्युत समितिले बिल छाप्न नसकेर फोटोकपी पेपरमा बिल बाँडीरहेकोछ । नगरपालिकाले मिटर बक्स जोड्नका लागि पैंशा विनियोजन गरेपनि गाँऊमा मिटर विना उपभोक्ताले प्रति बल्ब रु २५। तिरीरहेकाछन । भरपर्दो बत्ती नहुँदा नेपाल टेलिकमले सोलारको भरमा ब्याट्री चार्ज गरेर सेवा दिइरहेकोछ । सामुदायीक रेडियो बुढीनन्दाले तिनवटा बत्तिको लाइन जोडेपनि सोलारको भरमा समाचार प्रशारण गर्नु परेकोछ । साठीको दशकमा जिल्ला खानेपानी कार्यालय,गाँउ विकास समिति,जिल्ला विकास समिति र सप्रोस नेपालको सहयोगमा कोल्टी बृहत खानेपानीको निमार्णको जिम्मा बहालवाला मेयर पदम कुमार गिरीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । योजनाको सार्वजनिक सुनुवाई गर्ने क्रममा उपभोक्ता समितिको व्यवस्थापन खर्च तिन लाख पेश गरेपछि लामो छलफल पछि विल पास गरिएको थियो । खानेपानीको अभावमा बजारबासीले खोलाको पानी पिउन बाध्यछन । बजारमा उचित ढल निकास नहुँदा साँकेतिक रुपमा डुगां चलाएको फोटो सामाजिक संजालमा भाइरल भएको थियो । जग्गा उपलब्ध गराँउन नसकेका कारण नेपाली सेना फर्किनु र बुढीनन्दा क्याम्पसमा नियमित पठनपाठन नहुनु बिडम्बना हो । पर्यटन प्रर्बद्धनम पैंशा विनियोजन गरे पनि आ.व.२०७४÷२०७५ मा नगरपालिकाको तथ्याँकमा एक जना पनि पर्यटक घुम्न आएको देखिदैन ।
कुलदेबमाण्डौमा स्थानिय निकायले जनताको अपेक्षा अनुसारका काम गर्न नसकेका समाचार छापा,विद्युतिय मिडिया र सामाजिक संजालमा पढन पाइन्छ । पार्टीका स्थानिय देखि केन्द्रिय तहका नेता माथि उल्लेखित ठाँऊका भएको हुनाले सरकारले ल्याउन लागेको बजेट तथा कार्यक्रममा खालीखोला लघ जलविद्युत योजना जेरा,कोल्टी बृहत्त खानेपानी,बङीगाड लघु जलविद्युत योजना र जनप्रकाश उ.मा.वि.लाई राष्ट्रिय गौरवका योजना घोषणा गर्नका सबैले आ–आफ्नो ठाँउबाट पहल गरौं । १० बर्ष भन्दा बढी समय र ठुलो रकम खर्च हुने योजनालाई सरकारले राष्ट्रिय गौरवका योजना घोषण गर्ने गरेको हुनाले सुचकका आधारमा माथि उल्लेखित योजना पुरा हुने देखिन्छन् ।
स्थानिय,प्रदेश र संघको चुनाव सम्पन्न भएपछि जनतामा युवा नेतृत्वको बाक्लो उपस्थितिले युवा पुस्तामा आशा र गर्भ महसुस भएको थियो । युवा वडा अध्यक्ष नृपराज खत्री,राजन रोकाया,नगरपालिकाकै कान्छा वडा अध्यक्ष प्रकाश रावल,देशकै कान्छी उपमेयर सृष्ट्रि रेग्मी,मेयर पदम कुमार गिरी,दिपक बिक्रम शाह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र रोकाया,प्रदेश सभा सदस्य बलदेब रेग्मी,प्रकाश शाह,प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा र राष्ट्रिय सभा सदस्य बद्री पाण्डेको उपस्थितिले बाजुराको मुहार फेरिने विश्वास गरिएको थियो । नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशाको बादलले घेरिरहेकोछ । विद्यालय तहमा गुणस्तरीय पठनपाठन नभएका कारण जिल्ला,क्षेत्रिय र राष्ट्रिय स्तरका परिक्षामा प्रतिष्प्रधा गर्न नसकेर विद्यार्थी बिचमै पढाइ छोडेर सुधारिएको नैनिताल (खाडीमुलुक)मा श्रम बेचिरहेकाछन । रोजगारी सृजना गर्ने खालका कार्यक्रम ल्याउन स्थानिय तहले पहल गरेको देखिदैन । “बिदेसिले हाम्रो मेहनतलाई माया गरेर पैंशा दिने हुन । विदेशमा राम्रो काम गरे उनैलाई हो । स्वदेशमा काम गरे हामी सबैलाई हो । ”राजनीतिक दलले र जन प्रतिनिधिले किन बुझाउन सकिरहेका छैनन् ?
प्रदेश र संघको चुनाव पश्चात विजय जुलुस मनाउन मार्तडीमा इगडी देखि बौडी,डोगडी देखि गोत्री र छतारा देखि साप्पाटा सम्मका सबै उमेर समुहका मानिसहरुको बाक्लो उपस्थितिका बिच यहाँहरुले आफ्नो कार्यकालमा संचार,सडक,शिक्षा,स्वास्थ्य,कृर्षि,रोजगारी र सुशासनका क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता गर्नु भएको बाचा जनताले बिर्सिएका छैनन । काम गर्न नचाहेर हो,वा जनताको साथ नपाएर हो ? जनताले अनुभुति गर्ने खालका काम भएको देखिदैनन् । जिल्लाका संचार मिडियाले तालिम र चियापान कार्यक्रमलाई मुख्य समाचार बनाएर प्रशारण गरिरहेकाछन । स्थानिय देखि प्रदेश तहका युवा नेताहरुको तुलनामा गाउपालिका अध्यक्ष हरि रोकाया,चिरन्जीवि शाही,पदम बडुवाल,कालि ब.शाही र गोबिन्द बहादुर मल्ल बाट जनताले विकासको महसुस गर्न थालेकाछन ।
प्रदेश “क”का प्रदेश सभा सदस्य बलदेब रेग्मीले विजय जुलुसमा शिक्षा,स्वास्थ्य,सडक,संचार र सुशासनका क्षेत्रमा सुधार गर्ने बाचा गरेकोले चुनाव जितेको छ महिना पछि २०७५ बैशाखमा तथ्याँक सहित शिक्षाको बिग्रिदो अवस्था र जनप्रकाश उ.मा.वि.लाई केन्द्रमा राखेर जानकारी गराईरहँदा “जनप्रकाश बिग्रे के फरक परयो”त्यो त स्थानिय तहले सुधार्नु परयो भनेको ताजैछ । ठिक एक बर्ष पछि गएको माघमा कोल्टी बजारमा दिउसो एक बजे जनप्रकाश उ.मा.वि.का बिद्यार्थी बजारमा डुलीरहेको देखाँउदै पुन शिक्षाको बिकराल अवस्थाको जानकारी गराँउदा अघिल्लो बर्षकै जवाफ दोहोरयाए पश्चात अत्यैन्त पिडा महसुस भयो । सुन्दा सामान्य लाग्ने तर शब्दको गहनता र कसले भनेको बोलेको हो ? भन्ने अथ्र्याए पछि लामो समयको गहन अध्ययन पश्चात गत महिना शिक्षा प्रति जन प्रतिनिधि नै उदासिन शिर्षकमा लेखे । विद्यालयको पठनपाठनमा एक बर्ष मात्र अवरोध भएमा सयांै वालवालिकाले जीवनभर दुःख भोग्नुपर्छ भन्ने कुरा नबुझेर हो,वा सर्वसाधारणका छोराछोरी प्रतिको बेवास्ता हो ? प्रदेश “क”मा चार वटा स्थानिय तहमा ९,०८१ घरधुरी ५०,२०६ जनसंख्या, १०७ वटा आधारभुत र मा.वि,११ वटा संस्थागत विद्यालयमा र ११,९२६ वालवालिकाले पठनपाठन गरिरहेकाछन । जसको अभिभावकिय भुमिकामा माननिय रेग्मी हुनुहुन्छ ।
प्रदेशको बजेटमा गोरख बहादुर मल्लको मागमा आधारित अल्साबाडी तटबन्धनका लागि रु ७० लाख विनियोजन गरिएकोछ । ब्यक्तिलाई लक्षित गरि योजना वितरण गर्दै जाने हो,भने के साँच्चै बाजुराको विकास सम्भब होला ? गोरख बहादुर मल्ल लगाएत १६ घरधुरी पार्टी प्रबेश गरेको उपहार स्वरुप अल्स्या बाडी तटबन्धनको योजना दिएको भन्ने अनुमान लगाउन गाहे छैन । अन्य १५ घरधुरीलाई कति लाभान्वित भए भन्ने कुराको जवाफ कसै संगछैन । आगामीे दिनमा पार्टीलाई के कति फाइदा हुने हो ? त्यो त राजनीतिक दलले हिसाब निकालेका होलान ? मेरो अनुमानमा“माना चामलको हरि न खबरी दाना भट्मासको रखरखी” भन्ने उखानले सार्थकता पाएको देखिन्छ । केन्द्रिय स्तरका नेतामा कमल थापा,जिल्ला तहमा प्रेम बहादुर सिंह र स्थानिय तहमा गोरख बहादुर मल्ल मेरो बुझाइमा फ्रिसाइजका नेतामा पर्नु हुन्छ ।
जिल्लाका अधिकाँस युवा नेताहरुले सहकारी संचालन गरिरहेकाछन । सहकारीको विधान र नीति बमोजिम संचालन भएका पाँइदैनन् । दुरदराजका गाँउ बाट भुस,साग,दुध,दहि र दाल बेचेर बचाँएर राखेको पैंशा उच्च ब्याँजको प्रलोभन देखाएर सहकारीमा पैंशा संकलन गर्ने,सो पैंशाको समयमा ब्याज,साहेगाहे पर्दा ऋण र पैंशा फिर्ता लिन खोज्दा बाघको मुख बाट मासु छुटाउन भन्दा गाहे अवस्था रहेकोछ । संचालकहरुले नेपाल सरकार बाट सस्तो ब्याजदरमा युवा स्वरोजगारका लागि ल्याएको पैंशा र बचत रकम जिल्ला बाहिर र व्यक्तिगत प्रयोजनमा लगाएको देखिन्छ । पारदर्शिताका हिसावले सहकारीमा साधारण सभा र नेतृत्व हस्तान्तरणको अभ्यास देखिदैन ।
जैतुनको शुरुवात देखि अहिले सम्म अनुसन्धान केन्द्र,विद्यालय,सहकारी,कम्पनी,संचालक समिति र सरकारी कार्यालयमा युवाहरुको जिम्मेवारी र बाहुल्यता भएपनि अपेक्षाकृत काम नहुनु र्दुभाग्य सावित भएकोछ । जैतुन सर्वसाधारणका लागि “थारो गाई र टाठाबाठाका लागि कामधेनु गाई” सावित भएकोछ । जसको नेतृत्व नरेश कुमार शाही,जनेश भण्डारी,बलदेब रेग्मी,अग्नीराज शाही,महेश कुमार शाही,पदम कुमार गिरी,जंग बहादुर बिष्ट,जनम धामी,जसीराम साहनी,प्रेमराज गिरी र अनोजराज गिरीले लिइरहनु भएकोछ । १२ बर्ष सम्म काम गरेर तुसिया विश्व विद्यालयले प्रारम्भिक रिपोर्ट बाहेक फाइनल रिपोर्ट नदिनु बिडम्बना हो ।
जनप्रकाशको स्थापना काल देखि पढेका र पढाएका शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिज्ञ, पत्रकार, व्यापारी, चन्दादाता, किसान, सरकारी तथा गैह् सरकारी संघसंस्था, सरकारी निकाय, सुरक्षा निकाय,नागरिक अगुवा र उच्च प्रशासकको उपस्थितिमा सुझाव संकलन पश्चात स्थानियको आवश्यकता÷मागमा आधारित साविकका ११ गाविसको १० बर्षे भावी रणनीतिक योजना विद्यालयको लाखौं रकम खर्च गरेर बनाइएको भएपनि कार्यान्वयन भएको देखिदैन । प्रतिवेदन कहाँ छ ? कसैलाई चासोछैन । अहिलेका जन प्रतिनिधिले जनताको आवाज नसुनेपनि सोही योजनाका आधारमा काम गर्न सकेमा धेरै विकास हुने देखिन्छ ।
फेसबुकको शुरुवात सन २००४ फेब्रोवरी ४ तारिखमा जुगरबर्गले गरेका कारण संसार भरका मानिसहरु सामाजिक संजालमा जोडिने मौका पाँएकाछौ । कुन प्रयोजनका लागि गरेका हुन,भन्ने जानकारी नभएपनि बाजुरेली नेता,कार्यकर्ता,शिक्षक र बिद्यार्थीका लागि जन्मदिन,विवाह,विवाह बर्षघाट र सम्वेदना दिनमा रमाई रहेकाछौ । सबै उमेर,पेशा र व्यवसायका मानिसहरुले सामाजिक संजाल प्रतिको मोह बढीरहेकोछ । पुजारीले घरमा राखेको धार्मिक ग्रन्थ,व्यापारीले बिल र कारोबार,विद्यार्थीले पाठयपुस्तक,कर्मचारीले नीति नियम र शिक्षकले शिक्षण विधिका पाठयपुस्तक पढ््नुको साटो सामाजिक संजाल प्रतिको मोह बढी देखिन्छ । सामाजिक संजाल मार्फत के सन्देश दिन खोजका हौं । संसारभरका मानिसले एकै पटक पढ्न सक्ने भएका कारण जन्न्मदिन,विवाह,विवाह बर्षघाट र समवेदनामा दिनुको साँटो आ–आफ्नो ज्ञान,सुचना र सिप बाँडौ । शिक्षकले शिक्षण विधि,किसानले ज्ञान,प्रबिधि,सरकारी कर्मचारीले नेपाल सरकारले जारी गरेका नीति,नियम र सुचना,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससले आशय पत्र,विज्ञापन र सफल अभ्यास,पत्रकारले जनताका लुकेका आवाज र सुशासनका बारेमा खबरदारी,राजनीतिक दलले राजनीतिक दर्शन,विचार र विकासका अवधारणाका बारेमा लेख्दा उपयुक्त होला नकि रुघा लागेर तातोपानी खाँदै गरेको फोटो सामाजिक संजालमा राख्नुको के अर्थ ? बिरामी सन्चो हुनका लागि डाक्टरको परामर्श,आफन्तको सहयोग,मेडिकलको औषधी र स्वयम उसको आर्थिक अवस्थामा भर पर्ने कुरा हो । फेसबुकमा सिघ्र सन्चो होस भनेकै आधारमा कसैलाई सन्चो हुदैन ।
गए हप्ता युवा नेताले गाँऊका सर्वसाधारणको मृत्यु पश्चात फेसबुकमा फोटो सहित श्रन्द्धान्जली व्यक्त गर्नु भएको थियो । उक्त स्टाटसमा ताप्लेजुंग देखि दार्चुला सम्मका फेसबुकमा भएका साथिहरुले समवेदना प्रकट गरेका थिए । पहिलो कुरा मृतकका आफन्तले सामाजिक संजालको प्रयोग गर्ने गरेकाछन कि छैनन ? गर्ने गरेका रहेछन भने,सो कुरा उनिहरुले जानकारी पाँए कि पाएनन् ? घरमा आसौंच (जुठो) बारि रहेकालाई टेलिफोन मार्फत सम्बेदना दियौं कि दिएनौं ? बाँचुन्जेल सामाजिक अपमान सहनु परिरहेकोछ । घरमा बिजुली बलेको देख्न पाएनन । छोराछोरीले राम्रो शिक्षा पढ्न पाएनन । तिर्खा लागेको बेला सजिलै धारामा गएर पानी पिउन पाएनन् । मृत्यु पश्चात देशैभरि बाट अरु मार्फत श्रद्धान्जली पाँउनुको के अर्थ ? बिरामी भएर स्वास्थ्य चौकीमा पुर्जि काटनका लागि रु १० माग्यो भने सहयोग गर्न सक्दैनौ,विरामी हुँदा भेटन र टेलिफोन गर्न टाइम दिदैनौ,मृत्यु पश्चात मृतकको प्रोफाइल बाट फोटो र नेपाली तथा अंग्रेजी शब्दकोष बाट गहकिला शब्दले श्रद्धान्जली दिन पछि पर्दैनौं । घर परिवारलाइृ आफन्त गुमाउनु पिडा हुदाहुदै सामाजिक संजालमा फोटा राखेर थप पिडा दिने काम गरिरहेकाछौ । स्वर्गिय सत्य प्रकाश गिरीले ८ मार्च २०१९ मा लेखेको स्टाटस र उहाँको मृत्यु पश्चात समवेदनामा खर्च गरिएका शब्दले के देखाँउछ भने,वास्तविकता भन्दा बनावटी सद्भाव बढी देखाउने गरेकाछौ । गिरीले स्थानिय तह र राजनीतिक दलबाट उपचारका लागि आर्थिक सहयोगको अपेक्षा राख्नु भएकोे कुरा नेता र जनप्रतिनिधि संग गरेपनि अन्तिम अवस्था सम्म पाँउनु भएन । ताँजाकोट गाउपालिकाले उपचार खर्चका लागि तिनलाख सहयोग गरयो र मृत्यु पश्चात गाउपालिकाका अध्यक्षले थोरै शब्दमा श्रद्धान्जलि दिनु भयो ।
१० अप्रिल २०१९ मा भु.पु. संविधान सभा सदस्यले जन्मदिन फरक परेकोमा फेसबुक कम्पनीलाई कारबाहीको माग गर्नु भएकोछ । कोल्टी क्षेत्रमा महिनौ दिन टेलिफोन सेवा अबरुद्ध हुँदा संचालनका लागि पहल गरेको पाँइदैन । तर एकाएक कम्पनीलाई कार्यबाहीको माग गर्नु कत्तिको सान्र्दभिक होला ? जिल्लाका अधिकाँस युवा नेताहरु जन्मदिन,विवाह,बधाई र विवाहको बर्षघाटको शुभकामना दिनमा सामाजिक संजालको प्रयोग गरिहेकाछन । फेसबुकमा बधाई दिएकै आधारमा भोली ति व्यक्ति नत चुनावको प्रचारमा खटिनेवालाछन नत भोट बढ्नेवालाछ । नत विकास निमार्णमा सहयोग पुग्ने देखिन्छ । दिनै रहर छ भने टेलिफोन र इन्बक्समा दिने गरौ ।
क्याम्ब्रिज विश्व विद्यालयका मनोबिज्ञान विषयका प्राध्यापकहरुकोे अनुसन्धान टिमले सामाजिक संजालको प्रयोग बारेमा लामो अध्ययन पश्चात “सामाजिक संजालको प्रयोगले मानिस व्यवहारिक रुपमा एक्लिदै गइरहेकोछ । सामाजिक संजालमा हजारौं साथी भएपनि आफुलाई काम पर्दा सहयोग पाँइदैन । साथी भनेको त्यस्तो हो,जुन बिरामी पर्दा एम्बुलेन्समा राखेर अस्पताल सम्म लगोस,तातो पानी तताएर औषधी खान दिओस । कानुनी जटिलता आइपर्दा न्यायका लागि सहजिकरण गरिदिओस । सामाजिक संजालको माध्यम बाट बनेका साथीहरु त फुर्सदको समयमा ग्याम खेल्न र च्याट गर्न मात्र काम लाग्छन ।”
हाम्रो समुदाय जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन,खाद्य संस्थानमा चामलका लागि सिफारिस,स्वास्थ्य चौकी,अस्पतालमा उपचारका लागि सहजिकरण र भेटघाट गर्न गएको गुन सम्झेर त्यो नेता÷व्यक्ति ठिकछ, त्यसलाई नकाँटनु भनेर हाम्रा अभिभावकले सिकाइरहनु भएकोछ । अभिभावकले सिद्धान्त बुझेर भोट दिनु भनेको होइन काम देखेर भोट दिनु भन्नु भएको हो । देश बनाउन पौरख गर्नुपर्छ । नकि गफ,पौरख गर्ने जनताले हो । तिनको सम्मान गर्न सिक्नु पर्छ । पौरखको जरो कर्म हो र कर्मका प्रेरक अग्रज हुन । भाषण कम परिश्रम बढी गर्नु पर्नेमा उल्टो भइरहेकोछ । राजनीति गर्ने भन्दै भाषण मात्र गरेर हुदैन कि ? अधिकाँश युवाहरुमा जिल्लामा आँउने पैंशा प्रतिकोे मोह बढी जनता प्रतिको माया कम भए जस्तो देखिन्छ । अवसर आँउदा रगत,दुध र जातिय नाता भन्दा बाहिर जान नचाँहने सार्वजनिक मञ्चमा समाजवाद र साम्यवादको भाषण गरेको सुनिन्छ । राजनीतिक दलका नेताहरुले मञ्चमा माओ,लेलिन,बि.पि.,जि.पि,मनमोहन,मदन भण्डारी र पुष्पलालले गरेका कामको बारेमा भाषण गर्ने । स्थानिय तहका बेथितिका बारेमा आशा लाग्दा युवा नेताले बोलेको सुनिदैन । पार्टीका बैठकमा बहस भएको पाँइदैन । पार्टी के का लागि र किन भन्ने प्रश्न जनताले खोजिरहेकाछन । सामाजिक सेवा गर्नका लागि मानसिक,शारिरीक र आर्थिक रुपले सक्षम,त्याग,सर्मपण,लगाव,इच्छा,उजा,धैर्यता र निरन्तरता जोड दिनुपर्छ । संर्घष नगरी पानी पनि खाँन पाँइदैन । हुनेले थोरै दिदा पनि नहुनेका लागि धेरै हुन्छ चाहे त्यो सम्पत्ति,ज्ञान,सिप,सिर्जनशिलता,प्रविधि वा परिश्रम नै किन नहोस ।
जोशी सामाजिक अभियान्ता हुन