• होमपेज
  • समाचार
  • टीकापुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

टीकापुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • मङ्लबार, बैशाख ३१, २०७६
टीकापुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

३१ वैशाख, टीकापुर

कैलालीको टीकापुरमा मड्डलवार बिहान ट्याक्टर दुर्घटना भएको छ ।    लालरत्न ईट्टा उद्योगबाट इट्टा भरेर कालाकुण्ठा तर्फ जादै गरेको ट्याक्टर टीकापुर नगरपालिका वडा नम्बर १ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत बसपार्क भन्दा तल पर्ने लम्की पुलबाट १५ मिटर तल खस्दा ट्याक्टर चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाकारी दिएको छ ।
से १ त १११६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पुलबाट तल खस्दा ट्याक्टर चालक जानकी गाउपालिका वडा नम्बर ५ पथरैया निवासी धन बहादुर चौधरीको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार