शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • बाल बिवाहको अबस्था भयाबह : लडागडामा मात्र ३ बर्षमा १ सय ६३ बाल बिवाह

बाल बिवाहको अबस्था भयाबह : लडागडामा मात्र ३ बर्षमा १ सय ६३ बाल बिवाह

  • सोमवार, बैशाख ३०, २०७६
बाल बिवाहको अबस्था भयाबह : लडागडामा मात्र ३ बर्षमा १ सय ६३ बाल बिवाह

सुदूरपश्चिम प्रदेशमा बालविवाहको अवस्था भयावह देखिएको छ। प्रदेशभरी ठोस सर्वेक्षण नभएको भए पनि दिपायल सिलगढी नगरपालिका-८ (साबिकको लडागडा गाविस)मा तीन वर्षमा एक सय ६३ वटा बालविवाह भएको तथ्यांक छ। साबिकको क्षेत्रीय सदरमुकाम नजिकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमश: उकालो लागिरहेको छ।
सामुदायिक विकास केन्द्र (सिडिसी)ले तीन वर्षदेखि गरेको सर्वेक्षणमा ०७३ मा ३८, ०७४ ५६ र २०७५ सालमा ६९ जनाको बालविवाह भएको छ। अध्ययनमा संलग्न सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, ‘बालविवाहको अवस्था चिन्ताजनक छ, प्रत्येक वर्ष बढ्दै छ, बालबिहेलाई समाजले पनि मौन स्वीकृत दिएको देखिन्छ।’
२०७३ वैशाख ०७५ चैतसम्म एक सय ३३ जना बालिका र २७ जना बालक छन्। जिल्ला संयोजक बडुले भने ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, गर्नेमध्ये धेरैले लहैलहैमा लागेर विवाह गरेको देखिन्छ।’
बालविवाह समाज क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ जना बालबालिकाको बालविवाह गरेको पनि अध्ययनमा देखिएको छ। मुख्यतया वाल विवाह परिवारको दबाब,मोवाइल तथा इन्टरनेटको प्रयोग,लहैलहैमा,गरिबी, राम्रो घर परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वमा ,भविष्य राम्रो हुने आशामा हुने गरेको छ।
सुदूपश्चिममा हालसम्म परिवारको दबाबले ३१ जनामोबाइल तथा इन्टरनेटको प्रयोग ३३ लहैलहैमा गरिब १ राम्रो घर परिवार पाउँदा ७ चाँडो बिहे गर्ने मान्यता ५ मेला पर्वमा १ भविष्य राम्रो हुने आशामा १ अन्य ८० जम्मा १६३ को विवाह भएको पाइएको छ।

सुदूरपाटीबाट

चर्चामा

सम्बन्धित समाचार