शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • दाइजाेकाे एक बाख्राबाट लाखौको आम्दानी

दाइजाेकाे एक बाख्राबाट लाखौको आम्दानी

  • आइतवार, बैशाख २९, २०७६
दाइजाेकाे एक बाख्राबाट  लाखौको आम्दानी
  बझाङ २९ बैशाख : श्रीमतीले माइती घरबाट दाइजो ल्याएको एक बाख्राबाट शुरु गरेको बाख्रापालनबाट लाखौको आम्दानी गर्ने गरेका छन । जिल्लाको थलारा गाउँपालिका ६ पिखेत घर भएका आनन्द रोकायाले श्रीमतीले माइतीबाट दाइजो ल्याएको एक बाख्राबाट शुरु गरेको बाख्रा पालन बाट मनग्य आम्दानी गरेका हुन ।. नौ बर्ष अगाडि माइतीबाट ल्याएको १ बाख्राबाट शुरु गरेको बाख्रापालन फष्टाएर अहिले उनीसँग खसी, बोका, बाख्रा गरी १ सय २० फर्ममा छन् । रोजगारीका लागि भारतमा चौकीदारी गर्न जाने आनन्दले बाख्रापालनमा लागेपछि बार्षिक ४ लाख सम्म आम्दानी गर्ने गरेको उनी बताउँछन । झण्डै १० बर्ष सम्म गरेको बाख्रापालन बाट रोकायाले छोरा छोरीलाई अध्ययन गर्न काठमाडौ पठाएका छन भने धनगढीमा घडेरी समेत लिइसकेका छन । आनन्दले थप तरकारी खेती पनी शुरु गरेका छन । तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गरेका छन । रोकायाको मेहनतले बाख्रापालनमा सफलता पाएपछि हाल यहाँका अन्य युवाहरु पनि बाख्रापालन ब्यवसायमा आकर्षित भएका छन् . बाख्रापालन ब्यवसायबाट मगन्य आम्दानी हुन थालेपछि पिखेत गाउँका अन्य युवाहरु पनि बाख्रापालन ब्यवसायतिर उन्मुख भएका छन ।
Chat Conversation End

चर्चामा

सम्बन्धित समाचार