• होमपेज
  • समाचार
  • दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

  • आइतवार, बैशाख २९, २०७६
दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

२९ वैशाख, दैलेख । दैलेख केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ ।

भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको भूकम्पपछि निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ । यसअघि वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।

साभार अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार