• होमपेज
  • समाचार
  • काँग्रेसनेताको यस्तो धम्मी, सरकारी कर्मचारीलाई नै आफुले भनेका काम नगरे टाउको छिनाउने अति र्बबर धम्कि (अडियो सहित)

काँग्रेसनेताको यस्तो धम्मी, सरकारी कर्मचारीलाई नै आफुले भनेका काम नगरे टाउको छिनाउने अति र्बबर धम्कि (अडियो सहित)

  • शनिबार, बैशाख २८, २०७६
काँग्रेसनेताको यस्तो धम्मी, सरकारी कर्मचारीलाई नै आफुले भनेका काम नगरे टाउको छिनाउने अति र्बबर धम्कि (अडियो सहित)

यो अडियोले सबैलाई झस्काउने मात्र छैन सबैलाई चिन्तित पनि बनाउँनेछ । गाउँ–गाउँमा सिंहदरबार मानिएको स्थानीय सरकारका जनप्रतिनिधि पदमा कति सम्म मातिएका छन् । अहिले ती स्थानीय सरकारमा रहेर काम गर्न कर्मचारीलाई कति सकस छ र जनता झनै कसरी प्रताडित भएका छन् भन्ने एउटा प्रतिनिधि घटना मात्र हैन । केही स्थानीय जनप्रतिनिधिहरु अपराधिक मानसिकताले मातिएका छन् भन्ने प्रष्ट छ । अडियो हो अछाम जिल्ला समन्वय समित सदस्य बेद प्रकाश तिमिल्सिनाको । उनी बिनायक पन्चदेवल नगरपालिका वडा नं. १ को वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको सदस्य बनेका हुन् । यति मात्र हैन उनी नेपाली कांङ्ग्रेस अछाम जिल्लाका सहसचिव समेत हुन् ।

यति उच्च ओहोदामा रहेको एक राजनीतिज्ञ यति धेरै अपराधि मानसिकता र यति धेरै तुच्छ हुन्छ भन्ने कल्पना समेत गर्न सकिन्न । उसले त्यो रेकर्डमा पूर्वाधार बिकास कार्यालय साफेबगर अछामका निमित्त प्रमुख इन्जिनियर जंग थापालाई दिएको धम्की हो । उनले यति गाली र अपशब्द मात्र बोलेका छैनन् । सिँधै तलाई काट्छु भनेका छन् । त्योपनि यति हदसम्मको अपराधिक मानिसलाई मैले छुटाएर संरक्षण गरेर राखेको छु अब तलाई काट्न उसैलाई पठाउछु समेत भनेर किटानका साथ भनेका छन् । उनले यो देशको जो कोहीलाई भन मलाई धम्क्यायो भनेर डराउँदिन तर तलाई काटेरै छोड्छु भनेका छन् । उसले उक्त इन्जिनियरलाई मात्र हैन । प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई समेत गाली बेइज्जती गरेका छन् । उनलाईपनि म मान्छे मार्ने मान्छे हो होसियार रहनु भनेका छन् । रावल नेकपा प्रदेश ७ का सचेतक हुन् । यसको त्यो धम्की यहाँ सुन्न सक्नुहुनेछ ।

५ मिनेटको अडियो : काम गर्ने त हाकीमलाई काटेर त्यो रगटेको सालमा रगत बगाएन भनेदेखि म बेद प्रकाश तिमिल्सिना हैन मु.. रेकर्ड मेरो फोन रेकर्ड गर । कस्तो कुरा गर्नुहुन्छ ? मैले हजुरको कुरा नमानेको होर भन्या कस्तो कुरा हैन म फेरी भन्छु त कार्यकर्ता हो तलाई काटेर रगटेको सालमा रगत बगाईन भने म बेद प्रकाश तिमिल्सिना हैन । मा… मु.. तलाई थाहा छैन त एमालेको कार्यकर्ता हैन । कसले जागिर दियो । मा.. चोर, साले यो उत्तर कोरिया हो । के बुझेको छन् त सालेले । यो देशमा साम्यवादी शासन छ मु.. यो देशमा कांग्रेस छ । यो वडा कांग्रेसले जितेको हो । कांग्रेसका मान्छे छन् । तलाई मात्र हैन । तेरो माननीय भनिएकोलाईपनि काट्ने हैसियत छ बेद प्रकाश तिमिल्सिनासँग । त्यो यौन पिपाशु….को हो त्यो अक्कल रावल मा… (सुन्नै नसक्ने) (हाकिमको आवाज) अब म के भनौ… के भनौ हैन त मु… काट्ने हो म काट्ने हो । तलाई काट्ने हो । त्यो पैसा त्यो सम्झौता अघि बढाईस् भने तेरो टाउकोमा बम पड्काई दिन्छु । मु… बन्दुक चलाउने मान्छे हो म पनि त मु.. लाई मार्नुमा कुनै समस्या छैन । तलाई मारेर मुक्ति गराउँछु । जंगे थापा मेरो आवाज रेकर्ड गर फेरी भन्छु त मु.. लाई काटेर रगटेको सालमा रगत बगाउने हो । फोन रेकर्ड गर । सिडियोलाई भन ।

हजुर एउटा जनप्रतिनिधि… ताई न तुई काम गर्छस् । यो प्रक्रिया अगाडी बढाईस भने तलाई काट्ने नै हो । रिसले भनेको हैन साँचो हो । अब खै म के भनौँ हजुरलाई त मु.. लाई काट्ने हो । तैले अस्ति भेला बेलाउछु भनेको हैन । अब ठिकै छ । त मु… के भनेको थियो । ओभरसियर पठाउछु भनेको हैन । ओभरसियर पठाउँछु भनेको हो आउँछन् साथीहरु । ताईन तुईको समिति बनाउने । ओभरसियर पठा । थाहा छैन मलाई त नेकपाको कार्यकर्ता होस् भन्ने । म बाजुराका मान्छेलाई सेस्पेक्ट गर्ने मान्छे । राम्रो मुखले तपाई बाजुराको हुनुहुदो रहेछ । मिलेर काम गरौँ भनेको तेरो मैले चाकडी गरेको हैन राम्रै कुरा भनेको तर त त चोर रहेछस् । ए प्रभु मैले सम्झौता रोकेकै हैन । तलाई काट्ने औकात छ । मेरो बारेमा बुझ यो एरियामा तलाई काट्न मलाई कुनै दुख छैन ३० बर्षको भए । २० बर्षमा छुटि हाल्छु । जेलबाट छुट्दा ५० बर्षको हुन्छु । ५० बर्षमै कांग्रेसले युवा नेता मानिहाल्छ । अब के भनौ त मैले तपाई आवेशमा हुनुहुन्छ ।

के भन्छु हैन । प्रक्रिया क्यान्सील गर । तेरो अध्यक्षतामा भेला बोलाएर मैले भने अनुसार काम गर नभए म मान्दिन । अब ठिकै छ त्यो पनि सोचौला अब के गरौ त । सोचौला हैन । तैले मेरा मान्छेराखेर भेला बोला । भनेको छु म डिजीको मान्छे हो । यदि यसो गरिनस् भने त मु.. लाई काट्ने हो । तलाई काट्न मलाई कुनै समस्या छैन । त्यो रेशम तिमिल्सिना छ नी त्यो दुई वटा मर्डर (हत्या) को केश लागेको मान्छे हो । उसलाई मैले छुटाएर ल्याएको । उ अहिले सुधारमा छ फेरी उसलाई अपराधि बनाउनु नपरोस् । उनको बारेमा बाँके जिल्ला अदालतमा बुझे हुन्छ । दूई वटा इन्काउण्टर सुट इन्काउन्टर हानेको हो । आर्मीको क्याप्टेनलाई मारेको हो । बकाईदा बुझे हुन्छ । उसको प्रोफाई कस्तो हो भनेर भोली नै भन्छु उसलाई जंगे थापालाई मार भनेर ।

एकदम प्रष्ट बुझे हुन्छ । १ सय पटक हिरासतमा परेको २१ वटा केस अदालतमा पुगेको । २ वटा फैसला नजिक पुगेको हत्याको केश हो उसको । त्यसैले प्रष्ट भेला गरा, मान्छे पठा । अब यति मात्र हुन्न । यो मिडिया बाजी हुन्छ के हुन्छ के हुन्छ । के भन्नु हुन्छ त अब तपाई । अब के भनौँ म । तपाई एकदम आवेशमा हुनुहुन्छ । आवेशमा हैन प्रक्रिया बेशमा । तपाईले के भनेको प्रक्रियामा ल्याउछु भनेको हैन । अडियो सुनाै ।. यो समाचार हामीले जनबोली अनलाइनबाट साभार गरेका हाैं ।

https://www.youtube.com/watch?v=NxBOn2VNU6M

चर्चामा

सम्बन्धित समाचार