मङ्लबार, असार २५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तरी अफगानिस्तानमा तालिवानसँग भीषण भीडन्त, ३८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा तालिवानसँग भीषण भीडन्त, ३८ जनाको मृत्यु

  • शनिबार, बैशाख २८, २०७६
उत्तरी अफगानिस्तानमा तालिवानसँग भीषण भीडन्त, ३८ जनाको मृत्यु

शिबरघान– अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिए । उनले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताए ।  छिमेकी क्वुस टेपा जिल्लामा सात जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । दुई दिनदेखि जारी भिडन्तका क्रममा सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि प्रवक्ता अनिखले बताए ।

अफगानिस्तानका मुख्य शहरी इलाका र ३४ वटै प्रान्तीय राजधानीहरु सरकारी फौजको नियन्त्रणमा रहे पनि अधिकाँश भूभागमा तालिबानी समूहको कब्जा रहेको छ । अमेरिकी प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको तालिबान समूहले गत अप्रिलदेखि देशैभर व्यापक आक्रामक कारबाही गरिरहेको छ । –सिन्ह्वा 

चर्चामा

सम्बन्धित समाचार